प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नेकपा एमालेले आफ्ना सांसदहरूलाई ह्वीप लगाएको छ ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् ।
भोलिबाट शुरू हुने प्रतिनिधि सभाको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन् ।
एमालेको झलनाथ खनाल-माधव नेपाल पक्षले यथास्थितिमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने बताइसकेको छ ।
ह्वीप उल्लंघन गरेर कारवाही भोग्नुभन्दा सामूहिक राजीनामा दिने चेतावनी खनाल-नेपाल पक्षले दिँदै आएको छ ।
खनाल-नेपाल...