काठमाडौं, असार २५ । सुदूरपश्चिम विश्वविद्यालयले शिक्षक तथा कर्मचारी माग गरेको छ । विश्वविद्यालयले करार सेवामा काम गर्नका लागि शिक्षक तथा कर्मचारी माग गरेको हो । जसअन्तरगत उपप्रध्यापक १ जना, सहायक प्रशासक १ जना, ल्याव असिस्टेण्ट १ जना रहेका छन ।
१४ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशसभाबाट सोमबार पारित प्रदेश निजामती ऐनमा करार तथा अस्थायी कर्मचारीलाई स्थायी गर्ने प्रावधान राखिएकामा सरोकारवालाले विरोध जनाएका छन् । मन्त्री र सांसदले शक्तिको आडमा भर्ना गरेका कर्मचारीलाई सोझै स्थायी गर्न कानुन बनाएको भन्दै राजनीतिक दल, कर्मचारी संघ संगठन र सरोकारवालाले विरोध जनाएका हुन् । विधेयकमा रहेको ‘ऐन प्रारम्भ हुँदाका बखत […]
धनगढी : कर्मचारीको सरुवा गर्ने अधिकार आर्थिक कार्यविधि ऐन २०७४ अनुसार सुदूरपश्चिम प्रदेशका लेखा समूहका प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयसँग थियो। ऐन हुँदाहुँदै सुदूरपश्चिम सरकारले प्रदेश निजामती कर्मचारी सरुवा तथा काज सम्बन्धी कार्यविधि २०७७ ल्यायो। उक्त कार्यविधिपछि कर्मचारी सरुवाको अधिकार मुख्यमन्त्री कार्यालय मातहत आयो। मुख्यमन्त्री कार्यालय मातहत उक्त अधिकार आएसँगै सेटिङ र मनपरी बढेको गुनासा आइरहेका छन्। प्रदेश सरकारले कर्मचारी सरुवा गर्ने अधिकार आफू मातहत ल्याएपछि सरकारका मन्
२३ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशसभा सचिवालय स्थापना भएको चार वर्षसम्म पनि दरबन्दी अनुसारका कर्मचारी पदपूर्ति नभएपछि कार्य सम्पादनमा समस्या भएको छ । निजामती सेवातर्फ कार्यालय सहयोगीदेखि उपसचिवसम्मका विभिन्न पदका ३६ जनाको स्वीकृत दरबन्दी रहेको प्रदेशसभा सचिवालयमा १० जना कर्मचारी मात्र कार्यरत छन् । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले निजामती सेवातर्फ स्वीकृत दरबन्दी अनुसारका […]
सुदूरपश्चिम प्रदेशमा कर्मचारी नपठाएर संघीय सरकारले असहयोग गरेको मुख्यमन्त्री त्रिलोचन भट्टले आरोप लगाएका छन् । आफ्नै निवासमा बुधबार सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री भट्टले उक्त कुरा बताएका हुन् । बाढी पहिरोले आक्रान्त बनेको...
धनगढी : सुदूरपश्चिम सरकारले कर्मचारी सरुवा गर्न मध्यराति कार्यविधि संशोधन गरेको छ। कर्मचारी सरुवा नियमित रुपमा गरिनुपर्ने भए पनि धनगढी र महेन्द्रनगरमा कार्यरत कर्मचारीहरुलाई आकर्षक कार्यालय र विभागमा ल्याउन चलखेल भइरहेको हो।प्रदेशका सबै मन्त्रालय र तहका कर्मचारीको सरुवा गर्ने अधिकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत ल्याएर सरुवाको नाममा कर्मचारीमा आतंक फैलाउने काम सरकारले गरिरहेको कर्मचारीले आरोप लगाएका छन्।कर्मचारी सरुवामा प्रक्रिया भन्दा पहँुचको कारण काखापाखा गर्ने काम भएको स
धनगढी । सेवा करारमा जथाभावी कर्मचारी भर्ना गरिएको भन्दै नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियामा तालाबन्दी गरिएको छ । सेवा करारमा कार्यरत कर्मचारी र युवा संघ कैलालीले संयुक्त रुपमा सोमबार दिउँसो कार्यालयमा तालाबन्दी गरेका हुन् । प्रादेशिक कार्यालयसहित प्राधिकरण मातहतका निकायमा सेवा करारमा कार्यरत यसअघिका कर्मचारीलाई जानकारी समेत नदिएर आर्थिक असुली गर्दै मनलाग्दी किसिमले […]
धनगढी : सुदूरपश्चिम लोकसेवा आयोग कार्यालयमा कर्मचारी अभाव भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले करिब २० महिनाअघि प्रदेश लोक सेवासम्बन्धी ऐन निर्माण गरेको थियो। सोही ऐनअनुसार गत चैत ९ मा प्रदेश लोक सेवा आयोग गठन गरेको थियो।आयोगका पदाधिकारीले चैत १८ मा पदभार ग्रहण गरेका थिए। आयोग गठन भएको एक महिना बित्दा पनि कार्यालय स्थापनाबाहेक अन्य काम भएको छैन। आयोगमा नौजना कर्मचारी रहेको आयोगका सचिव दुर्गा विष्टले बताए। आयोगका लागि ४५ जना कर्मचारी आवश्यक हुने उनले बताए।‘कार्यालय नौजनाले धानिरहेको छ&sb
धनगढी : सुदूरपश्चिममा गठित लोकसेवा आयोगमै कर्मचारी अभाव देखिएको छ। प्रदेशमा कर्मचारी पदपूर्तिका लागि गठन गरिएको आयोगमै कर्मचारी अभाव देखिएको हो। प्रदेशमा कर्मचारीको अभाव हुने गरेको भन्दै प्रदेश सरकारले करिब २० महिना पहिले प्रदेश लोक सेवा सम्बन्धी ऐन निर्माण गर्यो। उक्त ऐनलाई टेकेर गत चैत ९ गते प्रदेश लोक सेवा आयोग गठन गरियो। चैत १८ गते आयोगका पदाधिकारीले पदभार ग्रहण गरे। आयोग गठन भएको एक महिना कट्यो, तर यस अवधिमा कार्यालय स्थापना मात्रै भएको छ। योबाहेक अन्य काम सुरु हुन सकेको
धनगढी : सुदूरपश्चिममा प्रदेश लोक सेवासम्बन्धी कानुन बनेको २० महिनापछि आयोग गठन गरिएको छ।प्रदेशबाटै कर्मचारी भर्ना गर्ने उद्देश्यले आयोग गठन गरिएको हो। आयोगले नयाँ वर्षबाट पदपूर्तिको विज्ञापन गरी प्रदेशबाटै कर्मचारी भर्ना प्रक्रिया अघि बढाउने तयारी गरेको छ।सुदूरपश्चिम प्रदेशमा अहिले पनि ३९ प्रतिशत कर्मचारी दरबन्दी रिक्त रहेका छन्। रिक्त दरबन्दीमा तत्काल कर्मचारी भर्ना प्रक्रिया अघि बढाउने आयोगको तयारी छ।विगतमा कर्मचारी अभावले सरकारी कामकाजमा ढिलासुस्ती हुने गरेको प्रदेश सरकारको दाबी थिय