रोनाल्डो चाहिं श्रीमती जर्जिना रोड्रिग्वेज तथा छोराका साथ ग्रीस पुगे । त्यहाँ उनले एक लक्जरी होटलमा परिवारका सदस्य एवं साथीभाइहरूसँग बिदा मनाए । होटल छोड्दा उनले टिप्सका रूपमा प्रशस्तै रकम दिएको समाचार समेत सार्वजनिक भयो । रोनाल्डोले जर्जिना तथा साथीहरूसँगको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् ।