काठमाण्डाै – प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि हुम्ला जिल्लाका उम्मेदवारहरुले काठमाण्डाैमा नै उम्मेदवारी दर्ता गराएका छन् ।
गएकाे एक हप्तादेखि परेको वर्षाका कारण दुर्गम हिमाली जिल्लाहरुमा हिमपात भइरहेकोले हवाईजहाज जान नसक्दा हुम्ला जिल्लाका उम्मेदवारहरुले भने काठमाण्डाैमा रहेकाे निर्वाचन आयोगकाे मुख्य कार्यालयमा उपस्थित भएर मनोनयन पत्र दर्ता गराउनुभएको हो । आयाेगले आउँदाे मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आइतवार मनोनयन दर्ता गर्ने समय दिएको हाे ।
नेकपा...