काठमाडौं : सरकारले घरजग्गा कारोबारमा थप कडार्इ गरेको छ। बजेटमार्फत् घरजग्गा कारोबारमा संस्थागत कम्पनी चाहिने र १० लाख रुपैयाँसम्मको पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्थाले थप मन्दी ल्याउन सक्छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा 'जग्गाको किनबेच सरकारबाट अनुमति लिएका संस्थाले मात्रै गर्न पाउने' घोषणा गरेसँगै घरजग्गा किनबेच गराउन छुट्टै कम्पनी चाहिनेछ।