म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीदेखि रिसिनचौतारी जोड्ने सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको छ । बेनी–जोमसोम सडकको बैसरीदेखि रिसिनचौतारी जोड्ने छोटो दूरीको सडक निर्माण भएपछि यात्रा अवधि छोटिएको हो । स्थानीयवासी दुर्गाबहादुर केसीले सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको बताए । “गाडी चढेर रिसिन चौतारीदेखि रानीपौवा–पिप्ले हुँदै घुमाउने ताल पुगेर बेनी–जोमसोम सडकमा निस्कन पूरै एक घण्टा लाग्ने गरेको थियो,” उनले