–सञ्चिता घिमिरेकाठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्टको रोकथामका लागि जारी निषेधाज्ञाका कारण काठमाडौँ उपत्यकामा अधिकांश सडक निर्माण ठप्प बनेको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सडक निर्माण अघि बढाउन सकिने निर्णय गरे पनि समन्वयका अभावमा निर्माण अघि बढ्न सकेको छैन । निषेधाज्ञासम्बन्धी निर्णयमा कुनै पनि आयोजना आफैँले नै सवारी पास दिन सक्ने उल्लेख छ । अहिले काठमाडौँका चोकचोकमा खटिएका सुरक्षाकर्मीले जिल्ला प्रशासन कार्यालयले नै जारी गरेको पास नभई नमान्ने गरेको डिभिजन सडक