नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो बुढानिलकण्ठ पुगेका छन् ।
राष्ट्रपतिको आह्वान अनुसार बिहीवारभित्रै गठबन्धन सरकार बनाइसक्नुपर्ने अवस्था रहेका बेला ठाकुर र महतो देउवालाई भेट्न पुगेका हुन् ।
सभापति देउवाले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन प्रयास गरिरहेका छन् । तर ठाकुर र महतो नयाँ सरकार बनाउने पक्षमा नरहेका महतो निकट स्रोतले जानकारी दियो ।
‘अध्यक्ष ठाकुरलाई नै प्रधानमन्त्रीका रूपमा अगाडि बढाउने चर्चा शुरू भएको रहेछ तर उहाँल...