काठमाडौं । धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्जमा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो कारोबार भएको छ । आइतबार पहिलाे काराेबार सुरु गरेकाे अभियान लघुवित्तकाे स्पेशल प्रि-ओपनिङ सेसनमा प्रतिकित्ता ३ सय १६ रूपियाँमा काराेबार भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिसेयर न्युनतम १०५ रूपियाँ ३६ पैसादेखि अधिकतम ३१६ रूपैयाँ ८ पैसासम्म ओपनिङ रेञ्ज […]