काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १३ अंकको गिरावट आएको छ। कारोबार सुरु हुँदा बढेपनि अन्तिममा घटेर बन्द भएको हो। बजारमा दोहोरो अंकको करेक्सन आएपनि १६ अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आज कारोबार भएका १३ मध्ये ६ समूह मात्र बढेका छन्।