मोरङ कांग्रेस सभापतिमा शेखर निकट लिम्बू विजयी

नेपाली काँग्रेस मोरङको सभापतिमा पुनः डिगबहादुर लिम्बू निर्वाचित भएका छन्। सभापतिका दाबेदार शेखर कोइराला निकट लिम्बूले नेता कृष्णप्रसाद सिटौला समूहले समर्थन गरेको संस्थापन निकट दिलीप गच्छदारलाई पराजित गरेका हुन्।

सम्बन्धित सामग्री

लुम्बिनी कांग्रेस- प्रदेश सभापतिमा मगरको अग्रता

मोरङ– नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन मगरले  २९५ मतसाथ अग्रता लिएका छन्। कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशको अधिवेशनको ४७८ मतगणना हुँदा मगरले २९५ मत ल्याएका हुन् भने सभापतिका अर्का उम्मेदवार भरतकुमार शाहले १७८ मत ल्याएका छन्। उपसभापति, महामन्त्री र सहमहामन्त्रीको अहिलेसम्मको मत यस्तो छ:

कांग्रेस सभापतिमा मेरो दावी कायमै छ – सुजाता कोइराला

मोरङ – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सभापतिमा आफ्नो दावेदारी कायम रहेको बताएकी छन्। विराटनगर विमानस्थलमा बिहीबार पत्रकारहरुसँगको कुराकानीमा नेतृ कोइरालाले सभापतिको लागि आफ्नो दावेदारी यथावत रहेको प्रस्टाएकी हुन्। उनले सहमतिका लागि वातावरण बने आफू लचिलो बन्न उदार रहेको उल्लेख गरेकी छन्। ‘मैले त बारम्बार भन्दै आएकी छु। सबै उठेर पनि हुँदैन’, नेतृ कोइरालाले […]

मोरङ कांग्रेस सभापतिमा डिगबहादुर लिम्बू विजयी

मोरङ – नेपाली कांग्रेस मोरङको सभापतिमा डा शेखर कोइराला पक्षका डिगबहादुर लिम्बू ४८१ मतान्तरले विजयी भएका छन्। मंगलबार विराटनगरमा भएको निर्वाचनमा लिम्बुले १ हजार ९०६ मत ल्याएका हुन्। उनका प्रतिद्वन्द्वी संस्थापन पक्षका दिलीप गच्छदारले १ हजार ४२५ मत पाए। मोरङमा कुल ३ हजार ५१७ मतदाता भए पनि मंगलबार भएको दोस्रो निर्वाचनमा ३ हजार ३६० जनाले […]

कांग्रेस मोरङ सभापतिमा लिम्बु विजयी, शेखर कोइराला बलिया देखिए

विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मोरङमा भइरहेको जिल्ला अधिवेशनमा केन्द्रीय सभापतिका आकांक्षी डा. शेखर कोइरालालाई कमजोर देखाउन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचकाे चुनावी तालमेलले फेल खाएको छ । पहिलो चरणकाे मतदानले जिल्ला सभापतिकाे छिनाेफानाे गर्न नसकेपछि मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा देउवा र पौडेल पक्षबीच तालमेल भएको थियो । केन्द्रीय सभापतिका […] The post कांग्रेस मोरङ सभापतिमा लिम्बु विजयी, शेखर कोइराला बलिया देखिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मोरङ सभापतिमा यदु विष्टले दिलीप गच्छदारलाई समर्थन गर्ने

मोरङ – नेपाली कांग्रेस मोरङको सभापतिका लागि यदुकुमार विष्टले अर्का उम्मेदवार दिलीप गच्छदारलाई समर्थन गरेका छन्।विराटनगरस्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै विष्टले संस्थापन पक्षधर गच्छदारलाई समर्थन गरेका हुन्। पत्रकार सम्मेलनमा विष्टले जिल्लामा कार्यगत एकताका लागि आफूले गच्छदारलाई समर्थन गर्ने भएका हुन्। आइतबार सम्पन्न निर्वाचन धाँधलीपूर्ण भएको आरोप लगाउँदै विष्टले भने, ‘हामीलाई निर्वाचन धाँधली भएको थाहा […]

कांग्रेस मोरङ सभापतिमा पुनः दोस्रो चरण निर्वाचन हुने

विराटनगर : नेपाली कांग्रेस मोरङको सभापतिमा पुनः दोस्रो चरणको निर्वाचन हुने भएको छ। आइतबार भएको निर्वाचनमा तीन जना उम्मेदवार कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि पुनः निर्वाचन हुने भएको हो।१४ औं महाधिवेशनअन्तर्गत मोरङको अधिवेशनमा आइतबार तीन हजार ४१४ मत खसेको थियो। जसमा सभापतिका उम्मेदवार डिगबहादुर लिम्बूले एक हजार ५४४, दीलिप गच्छादारले एक हजार १६६ र यदुकुमार विष्टले ५६३ मत प्राप्त गरेका थिए। यीमध्ये लिम्बू शेखर कोइराला निकट‚ गच्छदार सभापति शेरबहादुर देउवा र विष्ट कृष्ण सिटौला निकट हुन्।कांग्रे

कांग्रेस जिल्ला अधिवेशन : मोरङ सभापतिमा पुन: मतदान

१३ मंसिर, विराटनगर । नेपाली कांग्रेस मोरङको सभापति छनोटका लागि पुन: निर्वाचन हुने भएको छ । आइतबार भएको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेद्वारले  ५१ प्रतिशत मत नपाएका कारण पुन: निर्वाचन हुने भएको  हो  । कांग्रेस मोरङ सचिव मोदराज घिमिरेका अनुसार आज सोमबार नभए मंगलबार निर्वाचन हुनेछ । ‘हिजो निर्वाचन भएको ठाउँमा धेरै सानो भयो’ उनले […]

मोरङमा कांग्रेस सभापतिमा पुनः निर्वाचन हुने

मोरङ – नेपाली कांग्रेस मोरङ जिल्ला सभापतिका लागि पुनः निर्वाचन हुने भएको छ। पहिलो चरणमा भएको निर्वाचनमा तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत पाएनन्। आज अधिवेशनअन्तर्गत पुनः मतदान हुने जिल्ला निर्वाचन सहायक अधिकृत गणेश भुजेलले जानकारी दिए। सभापतिका उम्मेद्वारत्रय डिगबहादुर लिम्बू, दिलीप गच्छदार र यदुकुमार विष्टले मतदानको ५१ प्रतिशत मत हासिल गर्न सकेनन्। निर्वाचन […]

कांग्रेस मोरङ सभापतिमा त्रिपक्षीय भिडन्तको सम्भावना

मोरङ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मोरङमा जिल्ला अधिवेशनका लागि मनोनयन दर्ता हुँदैछ। जिल्ला निर्वाचन समितिका अनुसार शुक्रबार १२ देखि ४ बजेसम्म विराटनगरस्थित पार्टी कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सुरु हुनेछ। जिल्ला सभापतिमा डिगबहादुर लिम्बू, यदुकुमार विष्ट र दिलीप गच्छदारले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। त्यस्तै २ जना चयन हुने उपसभापतिका लागि ४ जना आकांक्षी […]

मोरङमा कांग्रेस सभापतिमा लिम्बु र गच्छदारबीच प्रतिस्पर्धाको सम्भावना

९ साउन, विराटनगर । नेपाली कांग्रेस १४ औं महाधिवेशन मिति नजिकिदै गर्दा मोरङ जिल्ला सभापतिमा ६ जना भन्दा बढी आकांक्षी देखिएका छन् । जिल्ला सभापतिमा हालसम्म गोपालराज भण्डारी, प्रदेश सांसद केदार कार्की, जिल्ला सचिव नागेश कोइराला, यदुकुमार विष्ट, रमेशजङ्ग रायमाझी र दिलिप गच्छदार आकांक्षी देखिएका हुन् । निर्वाचन मितिसम्म आइपुग्दा उम्मेद्वार भने दुई जना मात्रै […]