प्रदेश १ सरकारले चालु आर्थिक वर्षको पुँजीगत खर्चमा कीर्तिमान कायम गरेको छ । असार २५ गतेसम्मको विवरण अनुसार प्रदेश सरकारले पुँजीगत खर्च ९० प्रतिशत गरेको हाे ।यसअघि प्रदेश १ सरकारको पुँजीगत खर्च बढीमा ६५ प्रतिशतमात्रै पुगेको थियो । आजकै तथ्याङ्क अनुसार पनि संघीय सरकारले ५० प्रतिशत पुँजीगत खर्च कटाउन सकेको छैन भने अन्य प्रदेशले पनि पुँजीगत खर्च उल्लेख्य गर्न सकेका छैनन् । प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले नेपालमै अहिलेसम्म सबैभन्दा बढी पुँजीगत खर्च प्रदेश १ ले गरेको दाब