मध्यपहाडी लोकमार्गको कास्की खण्डको काम अन्तिम चरणमा

राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्तर्गत कास्की खण्डको काम अन्तिम चरणमा पुगेको छ।...

सम्बन्धित सामग्री

समयमै पुल निर्माण सम्पन्न हुँदै

मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डमा पर्ने तीन वटा खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । भालुखोला, मेवाखोला र छेपेखोलाको पुल अन्तिम चरणमा पुगेको हो ।

समयमै पुल निर्माण सम्पन्न हुँदै

मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डमा पर्ने तीन वटा खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । भालुखोला, मेवाखोला र छेपेखोलाको पुल अन्तिम चरणमा पुगेको हो ।

लमजुङमा एक सय आठ फिटको महादेवको मूर्ति निर्माण हुँदै

लमजुङ । सुन्दरबजार नगरपालिका–७ पाउँदीमा एक सय आठ फिट उचाइको सिद्धेश्वर महादेवको मूर्ति निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । कर्मदा नदीको शिवजी महादेव मन्दिर संरक्षण समितिले मर्स्याङ्दीनदी नजिकै पर्यटन र धार्मिक क्षेत्र बनाउनका लागि महादेवको मूर्ति निर्माण गरिरहेको हो । संरक्षण समितिका उपाध्यक्ष चन्द्रप्रसाद पोखरेलका अनुसार यस मूर्तिको रङरोगन गर्ने कार्य मात्र बाँकी रहेको र अब डेढ महिनाभित्रमा सकिने छ । काठमाडौँ र पोखराबाट कालिगढ ल्याएर निर्माण गरिरहेको तथा बालुवा र सिमेन्टले मात्र मूर्ति निर्माण गरिएको उनको भनाइ छ । मूर्तिका साथै महादेवको बाहन साँढे पनि निर्माण गरिएको छ । मूर्ति बनाउनका लागि मात्र हालसम्म करिब रु डेढ करोड खर्च भइसकेको समितिले जनाएको छ । समितिका अनुसार यसको अलवा सोही परिसरमा १०८ शिवलिङ्ग र १०८ धारा निर्माण गर्न लागिएको छ । यतिबेला जमिन सम्याउने र धारा निर्माणका लागि पर्खाल लगाउने कार्य भइरहेको छ । हालसम्म यी पूर्वाधारका लागि रु दुई लाख खर्च भइसकेको समितिका उपाध्यक्ष पोखरेलले बताए । यस समितिको नाममा रहेको ११ रोपनी जग्गामा उक्त पूर्वाधार निर्माण भइरहेको छ । समितिको जग्गामा दुई सय २० केभी प्रसारण लाइन विद्युत्को तारमुनि पर्ने र १३ आना जमिनमा टावरसमेत राखेपछि साढे दुई वर्षअघि तारमुनि जमिन परेबापत विद्युत् प्राधिकरणबाट रु ७३ लाख र टावर राखेबापत रु ७२ लाख प्राप्त गरेको थियो । उक्त रकम प्राप्त भएपछि महादेवको मूर्ति, धारा र शिवलिङ्ग बनाउने योजना बनाएर विसं २०७८ वैशाखबाट महादेवको मूर्ति बनाउन थालिएको हो । हाल धारा र शिवलिङ्ग बनाउने कार्यसमेत अघि बढिरहेको समितिले जनाएको छ । समितिका अनुसार रु ७३ लाख बेँसीसहरमा एक बैंकमा १० वर्षका लागि मुद्धति खातामा राखिएको र सोबाट तीन–तीन महिनामा रु एक लाख ५० हजार ब्याज आउने गरेको छ । उक्त ब्याजबाट आएको रकम र टावर राखेबापतको रु ६३ लाखबाट थालनी गरिएको उक्त कार्यका लागि सुन्दरबजार नगरपालिकाको गत वर्ष र यस वर्ष गरी रु ३० लाख, खानेपानी तथा सरसफाइ एकाइ कार्यालयबाट धाराका लागि यस वर्ष रु १० लाख, सामाजिक विकास कार्यालयबाट रु १० लाख, पूर्वाधार विकास कार्यालयबाट रु २० लाख, राइनास नगरपालिकाबाट रु एक लाख ५० हजार समितिलाई सहयोग प्राप्त भएको समितिका उपाध्यक्ष पोखरेलले जानकारी दिए । त्यस्तै महादेवको मूर्ति स्थापनाका लागि चन्दा संकलन भइरहेको र अघिल्लो वर्षदेखि हालसम्म रु १४ लाख उठेको तथा धारा र शिवलिङ्ग बनाउनका लागि रु ११ हजार एक सय ११ लिएर आजीवन सदस्य बनाउने अभियान चलिरहेको समितिले जनाएको छ । यस अभियानबाट हालसम्म रु चार लाख बढी रकम उठेको र आजीवन सदस्य बन्ने व्यक्ति थपिँदै गएको समितिका उपाध्यक्ष पोखरेलले बताए । हिन्दू धर्म मान्ने मान्छे घट्दै गइरहेका बेलामा त्यसलाई रोक्न, हिन्दू धर्मको जगेर्ना गर्न यस्ता पूर्वाधार निर्माणले सहयोग पुग्ने अपेक्षाले निर्माण गरिएको उनको भनाइ छ । मर्स्याङ्दीनदीमा स्नान गर्न, सत्बिज छर्न, ठूलो एकादशी पर्वमा लाखौँ भक्तजन विभिन्न स्थानबाट यस क्षेत्रमा आउने गरेका छन् । तीर्थस्थल बन्दै गएको मर्स्याङ्दीनदीमा यस्ता संरचना निर्माण भएपछि भक्तजन तथा तीर्थालु अन्यत्र जानु नपर्ने तथा टाढा–टाढाबाट समेत भक्तजन यहाँ आउने समितिले जनाएको छ । डुम्रे बेँसीसहर सडक नजिकै तथा लमजुङ र तनहुँको सिमाना पर्ने यस पाउँदीमा धार्मिक पूर्वाधार निर्माणले यहाँको व्यापार व्यवसायमा समेत टेवा पुग्ने स्थानीयको भनाइ छ । सो क्षेत्र राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको छेउमै रहेको छ । महादेवको मूर्ति तथा धारा र शिवलिङ्ग निर्माणले धार्मिकरूपमा मात्र नभई पर्यटकीय गन्तव्यसमेत बन्ने सुन्दरबजारका नगरप्रमुख कृष्णप्रसाद कोइरालाले बताए । त्यस्तै पाउँदी बजारको लोकप्रियतासमेत बढ्ने र धार्मिक तीर्थालु तथा पर्यटक आउँदा आम्दानी पनि हुने उनको भनाइ छ । जिल्लाकै एक प्रमुख धार्मिक एवं पर्यटकीय क्षेत्र बन्ने नगरप्रमुख कोइरालाले बताए । रासस

जाजरकोटको भेरीमा खानेपानी आयोजना निर्माण गरिँदै

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१३ कुदुमा खानेपानी आयोजना निर्माणको तयारी गरिएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट ३० करोड लागतमा खानेपानी आयोजना निर्माण गर्न लागिएको हो । तिहारलगत्तै खानेपानीको वैकल्पिक रूपमा तत्काल समाधान गर्न २ करोड ५० लाखको काम अन्तिम चरणमा पुगेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख नारायण काफ्लेले जानकारी दिए । ‘आयोजना एक वर्षभित्र सक्नेगरी काम भइरहेको छ,’ उनले भने । भेरी कोरिडोरअन्तर्गत जाजरकोट र रुकुम पश्चिम चौरजहारीको बीचमा पर्ने यो ठाउँ मध्यपहाडी लोकमार्गको मुख्य भागमा पर्दछ । झण्डै ५० लाख बराबरको लागतमा डिप बोरिङ गरी निकालिएको पानीले दुई वर्षदेखि कुदुवासीलाई बिहानैदेखि बेलुकीसम्म लाइन लागेर पालो कुर्नुपर्ने बाध्यता छ । पानी नआएमा भेरी नदीमा जानुपर्ने बाध्यता छ । करीब ३०० घरधुरी रहेको यो ठाउँबाट भेरी नदी बग्छ । नदीको पल्लो छेउमा नयाँ शहर बन्दै गरेको रुकुम पश्चिमको चौरजहारी छ । जाजरकोट खण्डमा भने पानी नपाएर बिहानैदेखि पालो कुरेर बस्नुपर्दा हैरान हुने स्थानीय नरबहादुर बस्नेतले बताए । खानेपानीको अभावमा यहाँका सर्वसाधारणको जीवन कष्टकर छ । कुदुले जिल्लाभरिलाई पुग्ने खाद्यान्न उत्पादन गर्ने क्षमता राख्छ । नजिकै नदी, समथर भूभाग भए पनि सिँचाइको अभावमा खेतीयोग्य जमीनमा अपेक्षित उत्पादन हुन सकेको छैन । प्रत्येक दिन भेरी नदीको किनारमा धमिलो पानी ल्याएर परिवारको तिर्खा मेटाउँदै आएकी पानमति विक पानीको दुःखले दिक्क भइसकेको बताइन् । ‘फोहोर पानी पिउँदा हप्तामा एकपटक परिवारका सदस्य बिरामी हुन्छन्, जानेरै फोहोर पानी पिउन बाध्य छौं,’ उनले भनिन् । खास परिणाम आउने खालको व्यवस्थापन कतैबाट पनि नहुँदा कुरा मात्र कति सुनाउनु भन्दै दिक्क लागेको कुदुका श्याम विकले बताए । पिउने पानी नभएको ठाउँमा सिँचाइको सुविधा हुनु यहाँका लागि टाढाको कुरा हो । सयौं बिघा जमीन आकाशेपानीको भरमा खेती गर्दा अपेक्षित मात्रामा उब्जाउ हुन नसकेको स्थानीयवासी हरि बस्नेत बताउँछन् । भेरी नदीबाट पानी निकालेर सिँचाइको व्यवस्था गर्न सके पूरै जिल्लालाई खाद्यान्न आपूर्ति गर्न सकिने कृषक बताउँछन् । रासस

पहिराले मध्यपहाडी लोकमार्गमा पाँच करोडको क्षति

कालोपत्रेको अन्तिम चरणमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा बागलुङ सडकअन्तर्गत पर्वत खण्डमा पहिराले क्षति पु¥याएको छ । भदौ १७ गते राति पर्वत खण्डको आठ किलोमिटर सडक २० ठाउँमा अवरुद्ध भएको थियो । जसमध्ये सबैभन्दा क्षति कुश्मा नगरपालिकाको दोबिल्लामा भएको थियो । पर्वतको भ्याप्लेखोलामा विष्फोटक पदार्थ प्रयोग गरी एक हप्तापछि सडक सञ्चालनमा ल्याएको भए पनि सडकमा सास्ती कायमै रहेको यात्रुले बताएका छन् । सडकमा दैनिक घण्टौ जाम भइरहेको छ । पर्वत खण्डको २४ किलोमिटर सडक लामा कन्ट्रक्सनले क

पहिरोले मध्यपहाडी लोकमार्गमा पाँच करोडको क्षति

कालोपत्रेको अन्तिम चरणमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा बागलुङ सडकअन्तर्गत पर्वत खण्डमा पहिराले क्षति पु¥याएको छ । भदौ १७ गते राति पर्वत खण्डको आठ किलोमिटर सडक २० ठाउँमा अवरुद्ध भएको थियो ।  जसमध्ये सबैभन्दा क्षति कुश्मा नगरपालिकाको दोबिल्लामा भएको थियो । पर्वतको भ्याप्लेखोलामा विष्फोटक पदार्थ प्रयोग गरी एक हप्तापछि सडक सञ्चालनमा ल्याएको भए पनि सडकमा सास्ती कायमै रहेको यात्रुले बताएका छन् । सडकमा दैनिक घण्टौ जाम भइरहेको छ ।  पर्वत खण्डको २४ किलोमिटर सडक लामा कन्ट्रक्सनले कालोपत्रेको काम अन्तिम चरणमा...

मध्यपहाडी लोकमार्ग असोजसम्ममा सम्पन्न हुने

पर्वत । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको निर्माण अन्तिम चरणमा पुगेको छ । केही ठाउँ बाहेक पर्वतको २४ किलोमिटर सडकको निर्माण सकिएको छ । कुश्माबजार र पातीचौर बजारमा ४ लेन र अन्य भागमा दुई लेनमा सडक विस्तार भइरहेको छ । मालढुंगादेखि नयाँपुलसम्म, डिमुवादेखि दोविल्लासम्म र चुवा क्षेत्र तथा छमर्केलगायत ठाउँमा कालोपत्रको काम सम्पन्न भइसकेको छ । साँघुरो र ठाउँ ठाउँमा भत्किएको सडक स्तरोन्नति भएपछि सवारी सञ्चालनमा अहिले धेरै सहज भएको सवारीचालक वसन्त बास्तोलाले बताए । भूकम्प, नाकाबन्दी, कोरोना महामारीदेखि बर्खामा बाढी पहिरोको चपेटामा परेर सडकको निर्माणले गति लिन नसकेको गुनासो छ । पटकपटक म्याद थप्दै निर्माण अगाडि बढाइएको छ । सबै समस्या हुँदाहुँदै पनि अबको दुई महीनाभित्र पर्वतखण्डको सबै काम सक्ने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका प्रमुख मेगराज मरासिनीले बताए । पटकपटक थप गरिएको म्याद गुज्रँदै गए पनि काम भने नसकिँदा आलोचना हुँदै आएको छ । अब भने म्याद नथप्ने सोचमा रहेको आयोजना प्रमुख मरासिनीले बताए । पोखरा–बागलुङ राजमार्गको ६० किलोमिटर नै नयाँ स्वरूपमा रूपान्तरण भइरहेको छ । पर्वत खण्ड अन्तर्गतको २५ किलोमिटरमध्ये ९ किलोमिटर पूर्णरूपमा सम्पन्न भइसकेको छ । बाँकी १६ किलोमिटरमध्ये १२ किलोमिटरमा बेस बिच्छ्याइसकेको र अब ४ किलोमिटरमा दुवै काम गर्न बाँकी रहेको आयोजना प्रमुख मेघराज मरासिनीले जानकारी दिए । असार मसान्तमै सकिनुपर्ने काम भए पनि निरन्तरको वर्षाका कारण प्रभावित भएको र अबको २ महीनाभित्र पूरै काम सम्पन्न भएर आयोजनालाई हस्तान्तरण गरिने उनले बताए । पर्वत खण्डमा पर्ने कास्कीको नयाँपुलदेखि पर्वतको मालढुंगासम्मको २५ किलोमिटर सडक निर्माणको जिम्मा लामा कन्स्ट्रक्सनले पाएको थियो । सुस्त गतिमा भएको काम, कोरोना संक्रमणले पटकपटक भएको निषेधाज्ञा लगायत कारणले निर्धारित समयमा सम्पन्न हुन नसकेको हो । अब भने अधिकांश काम सकिएको र जम्मा १० प्रतिशत जति मात्र काम बाँकी रहेकाले २ महीनाभित्र पूर्णरूपमा सम्पन्न हुने आयोजना प्रमुख मरासिनीले जानकारी दिए । उनका अनुसार मालढुंगादेखि नयाँपुलसम्म, डिमुवादेखि दोबिल्लासम्म र चुवा क्षेत्र तथा छमर्केलगायत ठाउँमा कालोपत्रको काम समेत सम्पन्न भइसकेको छ । कुश्मा बजारभित्र र पातीचौर बजार क्षेत्रमा चार लेनको सडक विस्तार भए पनि अन्य स्थानमा दुई लेनमा सडक विस्तार गरिएको छ । २०७५ वैशाखदेखि शुरू भएको पर्वत खण्ड विस्तारको काम गएको २०७७ सालको भदौमा सकिनुपर्ने हो । मध्य पहाडीको कास्की खण्डको नयाँ पुलदेखि घट्टे खोलासम्मको खण्डको काम गतवर्ष नै सकिएको छ । गत असार २२ गतेको बाढीका कारण यो खण्ड निर्माणको जिम्मा पाएको लामा कन्स्ट्रक्सनका साइड इन्जिनियर राजाराम आचार्य र सवारी चालक इन्द्र थारूलाई बगाएर बेपत्ता बनाएपछि केही दिन काम प्रभावित भएको थियो ।

मध्यपहाडी लोकमार्ग र बलेवा विमानस्थल कालोपत्रको तयारी

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको सदरमुकाम खण्ड र बलेवा विमानस्थल कालोपत्रका लागि तयारी थालिएको छ । निर्माण कम्पनीको घोषित प्रतिबद्वताअनुसार काम भए दुवै ठूला आयोजना आगामी वैशाखसम्म कालोपत्र हुनेछन् । मध्यपहाडी लोकमार्गको सदरमुकाम खण्डको लामो समयदेखि अलपत्र २५ किलोमिटर सडकको सन्तोषजनकरूपमा काम भइरहेको छ । बलेवा विमानस्थल पनि स्तरोन्नति भएर कालोपत्रको चरणमा छ । यसले जिल्लामा विकास, सुविधा र अवसरमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । लामो समयदेखि कालोपत्र हुन नसकेको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा गत मङ्सिर अन्तिम सातादेखि निर्माणले तीव्रता पाएको छ । सम्पर्कविहीन भएका निर्माण व्यवसायीले सदरमुकाम खण्डबाट घोडाबाँधेसम्म झण्डै २०० मजदुर परिचालन गरेका छन् । मध्यपहाडीको कालोपत्रका लागि आवश्यक ठूला पूर्वाधार निर्माण यसअघि नै भइसकेका थिए । सडक चौडा पार्ने, ग्यावियन भर्ने, मेसेरेनरी पर्खाल र नाली निर्माण गर्ने काम अन्तिम चरणमा छन् भने बागलुङ बजारको उपल्लाचौरदेखि कालोपत्रका लागि सब–वश बिछ्याउने कार्य शुरु गरिएको छ ।

लकडाउनको कारण मध्यपहाडी लोकमार्गको काम रोकियो

रुकुम पश्चिम - लकडाउनका कारण कालोपत्रेको काम अन्तिम चरणमा पुगेकाे मध्यपहाडी लोकमार्गको काम राेकिएकाे छ । रुकुम पूर्वको भुमे पाथिहाल्नादेखि रुकुम पश्चिमको चौरजहारीसम्म कुल १ सय २३ किलोमिटर लामो पुष्पलाल मध्यपहाडी लोकमार्गको सडकखण्डमा सात वटा उप-खण्ड कायम गरिएको छ।  यसमध्ये दुईवटा उप-खण्ड अन्त्तर्...

मध्यपहाडी लोकमार्ग: अछाम खण्डको काम अन्तिम चरणमा

पुष्पलाल (मध्यपहाडी) लोकमार्गको अछाम खण्डको काम अन्तिम चरणमा पुगेको छ ।