काठमाण्डाै – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनुभएको छ ।
आज शुक्रवार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमालेले एमसीसीमा आफ्नो पार्टीको सहयोग चाहिए सभामुख अग्निप्रसाद सापकोटा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई बर्खास्त गर्नुपर्ने सर्त राखेकोमा दुःख व्यक्त गर्नुभयो ।&...