यतिबेला देशभर नागरिकता विधेयकको चर्चा छ । सरकारले अध्यादेश सार्वजनिक गर्दै विरोध भइरहेको छ । तर यसको अन्तरवस्तु नबुझी हल्लाहल्लामा विरोध भइरहेको देखिन्छ ।
२०६३ सालमा आँखा चिम्म गरेर पाँच जनाले सर्जमिन र तीन जनाले सनाखत गरेर सात दलले सनाखत प्रमाणित गरेर जुन प्रकारले नागरिकता दिइयो, मुख्य समस्या त्यहाँबाट सुरु हुन्छ । त्यतिबेला कसैलाई बोलाएर नागरिकता दिइयो । कसैलाई २/४ महिना डेरा गरेकै भरमा त कसैलाई ससुराली, मावली आएकै कारण भोज बाँडे जसरी नागरिकता बाँडियो । त्यतिबेला किन राम्रोसँग ध्यान पुर्याइएन ? अहिले आए...