थपिए ४ नयाँ संक्रमित, ३८ जना कोरोना मुक्त

काठमाडौं : देशभर पछिल्लो समय ९४० जनाको कोरोना परीक्षण गर्दा थप ४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा कुनै संक्रमितको मृत्यु भएको छैन।हालसम्म कोरोना संक्रमणका कारण १२ हजार १९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।३८ जना कोरोना मुक्त भएका छन्। हाल कुल २६३ सक्रिय संक्रमित छन्। 

सम्बन्धित सामग्री

कोरोना : १२१ संक्रमित थपिए, एकजनाको मृत्यु

काठमाडौं : देशभर पछिल्लो समय २ हजार ३ सय ७७ जनाको कोरोना परीक्षण गर्दा थप १ सय २१ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ।८१ जना कोरोना मुक्त रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। मन्त्रालयका अनुसार हाल देशभर ४ सय ४५ जना सक्रिया संक्रमित छन्।

थपिए ८ नयाँ संक्रमित, १७ जना कोरोनामुक्त

काठमाडौं : देशभर पछिल्लो समय ७७८ जनाको कोरोना परीक्षण गर्दा थप ८ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा कुनै पनि संक्रमित व्यक्तिको मृत्यु भएको छैन।हालसम्म संक्रमणबाट १२ हजार १९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। १७ जना कोरोना मुक्त भएका छन्।हाल देशभर ४४४ जना सक्रिय संक्रमित छन्।

थपिए ९ जना नयाँ संक्रमित, २४ कोरोनामुक्त

काठमाडौं : देशभर पछिल्लो समय १ हजार ६२० जनाको कोरोना परीक्षण गर्दा थप ९ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा कुनै संक्रमितको मृत्यु भएको छैन।हालसम्म कोरोना संक्रमणबाट १२ हजार १९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। पछिल्लो २४ घण्टामा २४ जना कोरोना मुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल ४७५ जना सक्रिय संक्रमित छन्।

थपिए २८ नयाँ संक्रमित,१८ जना कोरोना मुक्त

काठमाडौं : देशभर पछिल्लो समय १८ सय ७९ जनाको कोरोना परीक्षण गर्दा थप २८ जनामा नयाँ संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ जना कोरोना मुक्त भएका छन्। हालसम्म कोरोनाबाट ९ लाख ८८ हजार एक सय ४५ जना निको भएका छन्।पछिल्लो समय कुनै पनि संक्रमितको मृत्यु भएको छैन भने हालसम्म संक्रमणबाट १२ हजार १९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।सक्रिय संक्रमितको संख्या पाँच सय ७० जना रहेको मन्त्रालयले जनाएको छ।

थपिए ४८ नयाँ संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा ५० जना कोरोना मुक्त भएका छन।

कोरोना अपडेट :  थपिए ९ संक्रमित, ४४ जना मुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा ४ हजार ४३ जनामा गरिएको परिक्षणमा ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ४४ जना कोरोना मुक्त भएका छन्।यो सँगै देशभर कोरोना मुक्त हुने कुल संख्या ९ लाख ६६ हजार ३ सय ३ जना पुगेको छ। हाल देशभर ४ सय संक्रिय संक्रमित रहेका छन्। नेपालमा कोरोना मुक्त हुने दर ९८.७ प्रतिशत रहेको छ।

थपिए १३ संक्रमित,५७ कोरोना मुक्त

काठमाडौं : देशभर पछिल्लो समय चार हजार ८ सय ७ जनाको कोरोना परीक्षण गर्दा थप १३ जनामा नयाँ संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ५७ जना कोरोना मुक्त भएका छन्।संक्रमित व्यक्तिको भने कुनैको पनि मृत्यु भएको छैन। हाल ७ सय ६५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

थपिए नयाँ ८३ संक्रमित, १३० जना कोरोना मुक्त

काठमाडौं : देशभर पछिल्लो समय ७ हजार ८८४ जनाको कोरोना परीक्षण गर्दा थप ८३ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस समयमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। १३० कोरोना मुक्त भएका छन्।हाल देशभर ११ हजार ९५० संक्रमितको मृत्यु भएको छ भने ४ हजार ७४६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

कोरोना अपडेट : २२४ संक्रमित थपिए

काठमाडौं : देशभर पछिल्लो समय १० हजार ९२ जनामा कोरोना परीक्षण गर्दा थप दुई सय २४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमितको मृत्यु भएको छैन।मन्त्रालयले दुई सय ५१ संक्रमित कोरोना मुक्त भएको जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर पाँच हजार ६ सय ९२ सक्रिय संक्रमित छन्।

भारतमा १० हजार कोरोना संक्रमित थपिए

काठमाडौँ– भारतमा थप १० हजार २२९ कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३७६ जना कोरोना मुक्त भएका छन् । यही अवधिमामा त्यहाँ १२५ जनाले कोरोनाकै कारण मृत्यु भएको छ । भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख ४६ हजार २२ जना रहेको छ ।