आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मीबीच दुर्घटना बीमा सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । पिक मीका चालक तथा सबै प्रयोगकर्ता ग्राहकहरुको अधिकतम एक लाख रुपैयाँ सम्म दुर्घटना बीमा गर्ने गरी आइएमई जनरल इन्स्योरेन्सले कम्पनीसँग बीमा सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक मीका अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा हस्ताक्षर पश्चात पिक मीका अध्यक्ष अधिकारीले आइएमई जनरल इन्स्य