मंसिर १९, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्ड बीच बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) युगेशभक्त बादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कर्यकारी अधिकृत धनन्जय रेग्मीले आइतवार हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि पर्यटन बोर्डका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य तथा सामुहिक दुर्घटना बीमा लगायत सम्पत्ती तथा सवारीसाधनहरु सहित आवश्यक सम्पूर्ण निर्जीवन बीमाको सेवा पाउने छन् ।