काठमाण्डाै – कर्मचारी समायोजन र लोक सेवा आयोगको परीक्षा जोडिएको मुद्दा आज बिहीवार पनि स्थगित भएको छ । हेर्न नमिल्ने भएकाले मुद्दाको सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ । यो मुद्दामा झन्डै साढे तीन महिनादेखि सुनुवाइ हुन सकेको छैन । लामो समयदेखि मुद्दामा सुनुवाइ हुन नसक्दा लोक सेवा आयोगको वार्षिक क्यालेन्डर नै प्रभावित भएको छ ।
शाखा अधिकृत, नायब सुब्बा लगायत झन्डै १५ सय पदका लागि गरिएको विज्ञापन प्रभावित भएको लोक सेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीले जानकारी दिनुभयो । लोक सेवाको तालि...