काठमाण्डाै – राष्ट्रिय सभाकाे बैठक आउँदाे भदाै ३० गतेसम्मका लागि स्थगित भएकाे छ । नेकपा एमालेकाे अवराेधका कारण राष्ट्रिय सभाकाे बैठक भदाै ३० गतेसम्मका लागि स्थगित गरिएकाे हाे ।
आज बसेकाे पहिलाे बैठकमा एमालेले अवराेध गरेपछि बैठक १५ मिनेटसम्मका लागि स्थगित गरिएकाे थियाे । त्यसपछि सुरु भएकाे बैठकमा पनि एमालेले अवराेध गरेपछि बैठक भदाै ३० गतेसम्म स्थगित गरिएकाे हाे ।
एमाले सांसदकाे विराेधकै बीच राष्ट्रिय सभाबाट लोक सेवा आयोग विधेयक २०७८ पारित भएकाे छ ।
एमा...