दमौली- ‘पहिला-पहिला हरेक टोलमा घाटु नचाइन्थ्यो, अहिले अवस्था बदलिएको छ। नयाँ पुस्ताको चासो कम छ’, तनहुँको भानु नगरपालिका-१३ रयालेका गलबहादुर गुरुङले भने, ‘अहिले कतै-कतैमात्रै घाटु नचाएको पाइन्छ।’ बदलिँदो अवस्थाअनुसार नयाँ पुस्तामा संस्कृतिप्रति कम चासो भएकाले घाटु लोप हुँदै गएको उनकाे भनाइ छ। उनले भने, ‘पहिला-पहिला घाटु नचाउँदा निकै उल्लासपूर्ण अवस्था हुन्थ्यो, अहिले त संरक्षणका लागि […]