वीरेन्द्रनगर–१ सुर्खेतका गुरुङ समुदायले ऐतिहासिक परम्परागत घाटु नाच संरक्षणमा जुटेका छन् ।गुरुङ समुदायको प्रसिद्ध घाटु नाँच लोपहुँदै गएपछि यसको संरक्षणका लागि गुरुङ समुदायका अगुवाहरु जुट्न थालेका हुन् ।
स्याङ्जा । गुरुङ समुदायको संस्कृतिसँग जोडिएको नृत्य हो सतीघाटु । पछिल्लो समय यो नृत्य हराउँदै जान थालेको छ । रजस्वला नभएका कन्याहरुलाई ३ दिनसम्म नचाएर मनाउने सती घाटु नृत्य संरक्षण गर्न अहिले युवायुवतीहरु लागिपरेका छन् । स्याङ्जाको वालिङ नगरपालिका ३ राम्चेका युवाहरुले यसको संरक्षणमा ध्यान दिन थालेका छन् । युवाहरुकै सक्रियतामा यही वैशाख पुर्णिामाको दिनदेखि […]
दमौली- ‘पहिला-पहिला हरेक टोलमा घाटु नचाइन्थ्यो, अहिले अवस्था बदलिएको छ। नयाँ पुस्ताको चासो कम छ’, तनहुँको भानु नगरपालिका-१३ रयालेका गलबहादुर गुरुङले भने, ‘अहिले कतै-कतैमात्रै घाटु नचाएको पाइन्छ।’ बदलिँदो अवस्थाअनुसार नयाँ पुस्तामा संस्कृतिप्रति कम चासो भएकाले घाटु लोप हुँदै गएको उनकाे भनाइ छ। उनले भने, ‘पहिला-पहिला घाटु नचाउँदा निकै उल्लासपूर्ण अवस्था हुन्थ्यो, अहिले त संरक्षणका लागि […]
तनहुँ - तनहुँको आँबुखैरेनी गाउँपालिका–५ मा रहेकाे भोटेश्वारामा गुरुङ समुदायको घाटु नाच संरक्षणको अभियान थालिएको छ । गुरुङ समुदायको प्रसिद्व घाटु नाच पछिल्लो समय लोपोन्मुख बन्दै गएपछि यसको संरक्षण र संवर्द्धनका लागि अभियान थालिएको हो ।
यही वैशाख २२ गते चण्डिपूर्णिमाको दिनदेखि सुरु गरिएको घाटु नाच वैशाख २५ गतेसम्म सञ्चालन हुने कार्यक्रमका अभियान्ता रञ्जित गुरुङले जानकारी दिनुुभयो । गुरुङ संस्कृतिअनुसार माघ महिनामा वसन्त पञ्चमीबाट सुरु भएको घाटु नाच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गर्ने चलन छ । 'प...