लोपोन्मुख हुँदै घाटु नाच, संरक्षणमा युवा

स्याङ्जा ।  गुरुङ समुदायको संस्कृतिसँग जोडिएको नृत्य हो सतीघाटु । पछिल्लो समय यो नृत्य हराउँदै जान थालेको छ । रजस्वला नभएका कन्याहरुलाई ३ दिनसम्म नचाएर मनाउने सती घाटु नृत्य संरक्षण गर्न अहिले युवायुवतीहरु लागिपरेका छन् । स्याङ्जाको वालिङ नगरपालिका ३ राम्चेका युवाहरुले यसको संरक्षणमा ध्यान दिन थालेका छन् । युवाहरुकै सक्रियतामा यही वैशाख पुर्णिामाको दिनदेखि […]

सम्बन्धित सामग्री

लोपोन्मुख घाटु नृत्य संरक्षण गरिँदै

वीरेन्द्रनगर–१ सुर्खेतका गुरुङ समुदायले ऐतिहासिक परम्परागत घाटु नाच संरक्षणमा जुटेका छन् ।गुरुङ समुदायको प्रसिद्ध घाटु नाँच लोपहुँदै गएपछि यसको संरक्षणका लागि गुरुङ समुदायका अगुवाहरु जुट्न थालेका हुन् ।

लोपोन्मुख हुँदै गयो घाटु नाच

दमौली- ‘पहिला-पहिला हरेक टोलमा घाटु नचाइन्थ्यो, अहिले अवस्था बदलिएको छ। नयाँ पुस्ताको चासो कम छ’, तनहुँको भानु नगरपालिका-१३ रयालेका गलबहादुर गुरुङले भने, ‘अहिले कतै-कतैमात्रै घाटु नचाएको पाइन्छ।’ बदलिँदो अवस्थाअनुसार नयाँ पुस्तामा संस्कृतिप्रति कम चासो भएकाले घाटु लोप हुँदै गएको उनकाे भनाइ छ। उनले भने, ‘पहिला-पहिला घाटु नचाउँदा निकै उल्लासपूर्ण अवस्था हुन्थ्यो, अहिले त संरक्षणका लागि […]

तनहुँमा अभियान नै चलाएर लोपोन्मुख घाटु नाचकाे संरक्षण गरिँदै

तनहुँ - तनहुँको आँबुखैरेनी गाउँपालिका–५ मा रहेकाे भोटेश्वारामा गुरुङ समुदायको घाटु नाच संरक्षणको अभियान थालिएको छ । गुरुङ समुदायको प्रसिद्व घाटु नाच पछिल्लो समय लोपोन्मुख बन्दै गएपछि यसको संरक्षण र संवर्द्धनका लागि अभियान थालिएको हो ।  यही वैशाख २२ गते चण्डिपूर्णिमाको दिनदेखि सुरु गरिएको घाटु नाच वैशाख २५ गतेसम्म सञ्चालन हुने कार्यक्रमका अभियान्ता रञ्जित गुरुङले जानकारी दिनुुभयो । गुरुङ संस्कृतिअनुसार माघ महिनामा वसन्त पञ्चमीबाट सुरु भएको घाटु नाच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गर्ने चलन छ । 'प...