शैलुङमा नयाँ वर्ष मनाउनेको भीड

रामेछाप र दोलखाको संगमस्थल शैलुङमा नयाँ वर्ष मनाउन आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।

सम्बन्धित सामग्री

उन्नत जातको आलु उत्पादन

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा उन्नत रोजिटा जातको पिबिएस दाना आलुको पहिलो पुस्ताको बिउ उत्पादन गरिएको छ । स्क्रिन हाउसभित्र टिस्यु कल्चर प्रविधिबाट सो आलुको बिउ उत्पादन गरिएको हो । स्क्रिन हाउसमा यस्तो प्रविधिबाट शैलुङमा दोस्रो पटक आलुको बिउ उत्पादन गरिएको हो । यसअघि गएको वर्ष पनि सो प्रविधिबाट आलुको बिउ उत्पादन गरिएको थियो ।

शैलुङको पर्यटन प्रवर्धन गर्न 'वाइल्ड स्टे विथ चौँरी' काे आयाेजना

काठमाण्डाै – 'माथि माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई ...' कुन्ति मोक्तानले गाएको यो सदाबहार गीत नसुन्ने सायदै कोही होलान् । गीतमा सुनिएको तर प्रचुर सम्भावना भएर पनि पर्यटकीय दृष्टिमा प्रचारप्रसार नभएको शैलुङमा स्पार्क कारले स्पार्क एड्भेन्चर २०२३ अन्तर्गत 'वाइल्ड स्टे विथ चौँरी' काे आयोजना गरेको छ । गएकाे वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार गरेर शुरु भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको शैलुङ र त्यहाँको चौँरीगोठलाई केन्द्रित गर्दै आयोजना ग...

शैलुङमा पर्यटकको घुइँचो

रातो र सेतो गुराँसको प्राकृतिक गमला वनेको शैलुङमा बिहीबार नयाँ वर्ष मनाउन आएका आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । पार्किङ, बाटो अनि शैलुङका थुम्काहरु भरिभराउ थिए । आफन्तजनसँग थुम्कामा पुग्नेहरु दिनभर नाचे, गाए अनि सेल्फि र टिकटक बनाएर रमाए ।

शैलुङमा नयाँ वर्ष मनाउनेको भीड

रामेछाप र दोलखाको संगमस्थल शैलुङमा नयाँ वर्ष मनाउन आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।

ल्होसारका अवसरमा शैलुङमा तीन दिन बिदा

तामाङ समुदायको सांस्कृतिक पर्व तथा नयाँ वर्ष २८५७औँ लाङ (म्हे) सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आलु उत्पादनमा प्रति परिवारले पाँच लाख पाउँदै

दोलखाको शैलुङ गाउँपालिकामा यस वर्ष जिल्लामै सबैभन्दा बढि साँढे १० करोडको आलु उत्पादन भएको छ । हावापानीको हिसाबले स्वादिलो आलु उत्पादनमा उर्वरभूमि मानिएको शैलुङमा चालू वर्ष ३० हजार मेट्रिक टन अर्थात् साढे १० करोडको आलु उत्पादन भएको हो । कुल उत्पादित आलु मध्ये २१ सय मेट्रिक टन अर्थात् सात करोड ३५ लाखको आलु काठमाडौं लगायतको बजारमा निर्यात गरिएको छ भने नौसय मेट्रिक टन अर्थात् तीन करोड १५ लाखको आलु स्थानीय स्तरमै विक्री र प्रयोग गरिएको छ ।

भ्रमण वर्ष नजिकिएसँगै शैलुङमा पर्यटकको चहलपहल

नेपाल भ्रमण वर्ष नजिकिएसंगै दोलखाको प्रसिद्ध धार्मीक तथा पर्यटकीय स्थल शैलुङमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्न थालेको छ ।

दोलखाको शैलुङमा हजारौं पर्यटक

शैलुङ अर्थात सयवटा थुम्का । तामाङ भाषामा ‘शै’ भनेको सय र ‘लुङ’ भनेको थुम्का । यसलाई शैलुङ नामबाट चिनिन्छ । प्राकृतिक तथा धार्मिक मनोरम दृश्यावलोकनका लागि महत्वपूर्ण गन्तव्य शैलुङ घुम्नेहरूका लागि नव वर्ष २०७६ अवसरमा आन्तरिक पर्यटकको मुख्य रोजाइमा प¥यो । प्रतिकूल मौसमका बाबजुद पनि शैलुको थुम्कामा २०७६ सालको पहिलो दिन ५ हजारभन्दा बढीले भ्रमण गरे । “बिहानैदेखि ओहोरदोहोर गर्नेहरूको लर्को साँझसम्म थियो” शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले भने, “मौसमले साथ दिएन, तर पनि शैलुङका लागि इतिहासमै पहिलो पटक यति धेरै मान्छे देखेको हुँ ।”