भ्रमण वर्ष नजिकिएसँगै शैलुङमा पर्यटकको चहलपहल

नेपाल भ्रमण वर्ष नजिकिएसंगै दोलखाको प्रसिद्ध धार्मीक तथा पर्यटकीय स्थल शैलुङमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्न थालेको छ ।

सम्बन्धित सामग्री

दुईदिने बिदाले आन्तरिक पर्यटकको चहलपहल बढ्ने पोखराका पर्यटन व्यवसायीको विश्वास

वैशाख १५, पोखरा । नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाउने अन्तिम तयारी गरेको थियो । सरकारको यो तयारी र निर्णयसँगै पोखराका पर्यटन व्यवसायीहरूले पनि यहाँ पर्यटन पूर्वाधारमा अर्बौँको लगानी पनि गरेका थिए ।  तर दुःखद् पक्ष त यो रह्यो कि ती पूर्वाधारमा विश्वका पर्यटकलाई स्वागत गर्ने तयारीको मुखैमा आएर विश्वव्यापीरूपमै कोरोना भाइरसको प्रकोप फैलियो र सबैतिर बन्दाबन्दी भयो ।  यो महामारीले विश्वलाई नै असर गर्‍यो र सबै क्षेत्र तहसनहस भए भने पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो । यस क्षेत्रमा लगानी गरेका व्यवसायी पनि निराश हुन पुगे । विभिन्न चरणमा देखापरेको कोभिड–१९ यतिबेला खोपको सहजतासँगै निष्क्रिय हुँदै गएपछि पर्यटन क्षेत्र केही चलायमान हुन थालेको छ ।  यसैक्रममा नेपाल सरकारले आगामी जेठ १ बाट लागू हुने गरी हप्तामा दुई दिन शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेपछि यहाँको पर्यटन क्षेत्र उत्साहित भएको छ । आन्तरिक पर्यटकको चहलपहल बढ्ने र आर्थिक गतिविधिमा थप सहयोग पुग्ने विश्वास लिई यहाँका पर्यटन व्यवसायीले सरकारको यो निर्णयको स्वागत गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिड–१९ का कारण प्रभावित भएको पर्यटन क्षेत्र केही चलायमान हुँदै आएको अवस्थामा हालै सरकारले गरेको सार्वजनिक बिदाको निर्णय स्वागतयोग्य भएको बताए । उनले भने, ‘पछिल्लो समय नेपाली समाजमा देश घुम्ने बानीको विकास भएको छ ।  यो निर्णयले कर्मचारीमा आफूसँगै पारिवारिक घुमघाम गर्ने अवसरसमेत प्रदान गर्नेछ ।’ उनले विश्वका करीब १०० बढी देशहरूमा यस खालको अभ्यास भएको जनाउँदै नेपालमा पनि यसले सकारात्मक नतिजा दिनेमा आफू आशावादी भएको बताए । कोभिडपछि धेरै पर्यटकले मानसिक र शारीरिक स्फूर्तिका लागि प्राकृतिक र शान्त स्थानहरूको खोजी गर्दै घुमघाममा निस्कने प्रचलन बढिरहेको जनाउँदै यो विदाले घुम्न चाहनेहरूका लागि थप उत्साह प्रदान गर्ने उनको भनाइ छ । पोखरा आन्तरिक पर्यटकको रोजाइको सहर पनि भएकाले बिदासँगै आन्तरिक पर्यटक र विशेषगरी पारिवारिक घुमघामका लागि पोखरा आउने पर्यटक बढ्न सक्ने उनको अनुमान छ । पोखरा होटल संघ नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पनि सरकारको निर्णयले पर्यटन क्षेत्रका व्यवसायीलाई उत्साह थपेको बताए । उनले कोभिड पछाडि आन्तरिक पर्यटकका कारण नै पोखराको पर्यटन क्षेत्र चलायमान बन्दै गएको र अझ दुई दिन बिदाले पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे । उनले भने, ‘पछिल्लो समय शैक्षिक भ्रमणका लागि पोखरामा स्कुल र कलेजका विद्यार्थी, सहकारीकर्मीलगायत विभिन्न क्षेत्रबाट पोखरा आउनेको संख्या बढिरहेको छ । कार्यालयको काममा व्यस्त हुनेहरूलाई दुई दिनको ‘रिफ्रेसमेन्ट’का लागि घुम्ने अवसर प्रदान गरेको छ ।’ सरकारले बिदासँगै देशभित्र घुमघाम गर्नका लागि पनि कर्मचारीहरूलाई प्रेरित गर्नुपर्ने सुझाव पनि उनले दिए । उनका अनुसार पोखराको लेकसाइड र ड्याम साइडमा पर्यटकीयस्तरका ७०० र पोखरा आसपास गरी १ हजार २०० पर्यटकीयस्तरका होटल छन् । यहाँका होटलको क्षमता ४० हजार बढी बेड संख्या छ । पर्यटकीय होटलमा करीब रू. चार खर्ब लगानी छ । पोखरामा पर्यटकको बसाइ औषत दुई दिन रहेको छ ।  त्यस्तै नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल्स एजेण्टस् (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीले देशदर्शन कार्यक्रम तथा हप्तामा दुई दिन बिदा दिने निर्णयले पर्यटन क्षेत्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरे ।  आफूहरुले निकै पहिलेदेखि उठाइरहेको हप्तामा दुई दिन बिदालाई सरकारले सम्बोधन गरेको भन्दै यसलाई सकारात्मकरूपमा लिएको बताए । उनले भने, ‘बिदाले घुम्ने संस्कृतिमा विकास गर्छ, नाट्टाले यस विषयमा धेरै पहिलेदेखि नै विभिन्न फोरममा कुरा राख्दै आएको थियो, अहिले सरकारबाट निर्णय भएको छ र यसको प्रभावकारी कार्यान्वयनमा जोड दिन सकियो भने पर्यटन क्षेत्र थप चलायमान हुन्छ ।’ गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल गण्डकीका अध्यक्ष उदय सुवेदीले सार्वजनिक बिदाले नेपालको ग्रामीण पर्यटनमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । कामको चटारोबीच घुम्न निस्कँदा रमणीय प्राकृतिक स्थानको खोजी हुने त्यस ठाउँहरूमा रहेका घरवास (होमस्टे) मा पर्यटकको आगमन वृद्धि हुने उनको भनाइ छ । त्यसैगरी छोटा पदयात्रा प्रवर्द्धनमा पनि यस बिदाले सघाउ पुर्‍याउन सक्ने उनले विश्वास व्यक्त गरे । पोखराका विभिन्न १२ पर्यटनसम्बद्ध संघसंस्थाको छाता संगठन पोखरा पर्यटन परिषद्ले पनि यस निर्णयको स्वागत गर्दै विज्ञप्ति जारी गरेको छ । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ दशमलव ३० बजेदेखि साँझ ५:३० बजेसम्म कार्यालय समय कायम रहने निर्णण गरेको हो ।  यो बिदाका समयमा सरकारी कर्मचारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने कर्मचारी पनि पोखरा घुम्न आउलान् भन्ने आशामा पोखराका पर्यटन व्यवसायी देखिन्छन् । रासस

दशैं नजिकिँदा फर्किंदैछ होटल व्यवसायीको खुशी

कोभिड–१९ का कारण झण्डै २ वर्ष थलिएका इलामका होटल दशैं नजिकिँदै गर्दा भरिभराउ हुन थालेका छन् । कोभिड संक्रमणदर न्यून हुँदै गएपछि आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको होटल व्यवसायी बताउँछन् । सरकारले तय गरेको भ्रमण वर्ष–२०२० लाई लक्षित गरी इलाममा करोडौं रुपैयाँ खर्चेर नयाँ–नयाँ होटल समेत शुरू भएका थिए तर कोभिडका कारण बन्दाबन्दीको अवस्था आएपछि धराशयी बनेका होटललाई यस वर्षको दशैं नजिकिँदै गर्दा केही सहज हुन थालेको सदरमुकामस्थित ग्रिन सिटी होटल सञ्चालक शारदा पराजुलीले बताए । ‘गत वर्ष र यो ...

तंग्रिन थाले काभ्रेका होटल व्यवसाय

भदौ ३१, बनेपा । धुलिखेल तथा बनेपाका होटलमा विस्तारै आन्तरिक पर्यटकको चहलपहल शुरुआत हुन थालेको छ ।  कोरोना जोखिम कम हुँदै गएपछि यहाँका होटल व्यवसायले पुरानै लयमा फर्कने प्रयास गर्दैछ । पछिल्लो समयमा आन्तरिक पर्यटक आउन थालेका  तथा सरकारी तथा गैरसरकारी संघ सस्थाका तालिम कार्यक्रम हुनेक्रम शुरु भएका छन् । बनेपा नगरपालिका–६ धुलिखेलस्थित हिमालय दृश्य रिसोर्ट पुनःसञ्चालनमा आएको छ । कोभिड–१९ का कारण सो होटल बन्द थियो । आन्तरिक पर्यटकको संख्या विस्तारै बढ्न थालेको होटलका व्यवस्थापक अशोक बडालले जानकारी दिए । विसं २०७७ चैत महीनादेखि सो होटल सञ्चालनमा आएको थियो । शुक्रवार र शनिवार आन्तरिक पर्यटकको आवागमन बढ्दै गएको उनले बताए । धुलिखेल नगरपालिका–८ भट्टेडाँडामा रहेको होटल सारथीमा पनि पछिल्लो समयमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । होटलका सञ्चालक प्रल्हाद प्याकुरेलका अनुसार कोभिडले सबैभन्दा बढी होटल व्यवसायलाई प्रभावित बनाएको बताए । ‘अहिले संक्रमणदर कम हुँदै गएपछि विस्तारै चहलपहल बढ्न थालेसँगै छ’, उनले भने, ‘विशेषगरी शुक्रवार र शनिवारका दिन आन्तरिक पर्यटकको चहलपहल बढ्नुका साथै सरकारी, गैरसरकारी संघसंस्थाका तालिम, गोष्ठी र सेमिनार सञ्चालन गर्न थालेका छन् ।’ ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ का अवसरमा यहाँ सरकारी, गैरसरकारी  र निजी क्षेत्रसँगको सहकार्यमा विविध कार्यक्रम अगाडि बढाइएको थियो । यसबीचमा कोभिड–१९ संक्रमणको जोखिम देखाप¥यो । सञ्चालक प्याकुरेलले भने ‘सरकारले पर्यटन व्यवसायलाई दिने भनेको सुहलियतपूर्ण छुटलाई कार्यान्वयन गर्न आवश्यक छ ।’ धुलिखेल नगरपालिका–३ स्थित होटल मिरावेल रिसोर्टका सञ्चालक दीपक थापाले आन्तरिक पर्यटकका लागि सेवा सुविधा थप्नुका साथै शुल्कमा पहिलाको भन्दा २० देखि २५ प्रतिशतसम्म कम गरेको बताए । ‘होटलमा व्यापारिक, गैरसरकारी संघसंस्थाको गोष्ठी, तालिमका कार्यक्रम सञ्चालन र पारिवारिक घुमघामका लागि पर्यटक आउन थालेका छन् ।’ धुलिखेलमा मात्रै साना–ठूला गरी करीब ६५–७० होटल सञ्चालनमा छन् । कोरोना भाइरस संक्रमण प्रभावका कारण लामो समयसम्म बन्द रहेको होटल व्यवसाय संक्रमणदर कम भएसँगै विस्तारै सञ्चालन गर्न थालेका हुन् । जिल्लामा रहेको ठूला तथा मझौला खालका होटल व्यवसाय सञ्चालनमा आएसँगै आन्तरिक पर्यटकको चहलपहल पनि बढ्न थालेको छ । पछिल्लो समयमा सरकारले होटल क्षेत्रमा काम गर्ने कर्मचारीका लागि खोपको सेवा उपलब्ध गराएको थियो । विषेशगरी पर्यटकका लागि सेप्टेम्बर र अक्टोबर महिना घुमघाम गर्ने याम मानिन्छ । बाह्य पर्यटकको आवागमन शून्यप्रायः भए पनि आन्तरिक पर्यटकले आफ्नो गतिविधि बढाउनुले व्यवसायमा आशा जगाएको होटल सञ्चालक बताउँछन् । रासस