दोलखाको शैलुङमा हजारौं पर्यटक

शैलुङ अर्थात सयवटा थुम्का । तामाङ भाषामा ‘शै’ भनेको सय र ‘लुङ’ भनेको थुम्का । यसलाई शैलुङ नामबाट चिनिन्छ । प्राकृतिक तथा धार्मिक मनोरम दृश्यावलोकनका लागि महत्वपूर्ण गन्तव्य शैलुङ घुम्नेहरूका लागि नव वर्ष २०७६ अवसरमा आन्तरिक पर्यटकको मुख्य रोजाइमा प¥यो । प्रतिकूल मौसमका बाबजुद पनि शैलुको थुम्कामा २०७६ सालको पहिलो दिन ५ हजारभन्दा बढीले भ्रमण गरे । “बिहानैदेखि ओहोरदोहोर गर्नेहरूको लर्को साँझसम्म थियो” शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले भने, “मौसमले साथ दिएन, तर पनि शैलुङका लागि इतिहासमै पहिलो पटक यति धेरै मान्छे देखेको हुँ ।”