मन्त्रीले मन्त्रालयको काममा ध्यानै दिएनन्, शैक्षिक क्षेत्र लथालिंग

एसईई आउन र शैक्षिक सत्र सकिन दुई महिनामात्र बाँकी छ । तर जिम्मेवारी सम्हालेको एक महिना बितिसक्दा पनि शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले विद्यालय तहको अनिश्चित शैक्षिक सत्र र एसईई सञ्चालन लगायतका विषयमा निर्णय लिन सकेका छैनन् । उनी सहरी विकास मन्त्रालयबाट शिक्षामा सारिनुअघि नै अन्योलमा रहको शैक्षिक सत्र र कक्षा १० को परीक्षाको विषय मन्त्रिपरिषद्मा पुगिसकेको थियो । लाखौं विद्यार्थी र अभिभावकको चासो जोडिएको यो विषयमा न मन्त्रीले निर्णय लिन सकेका छन्  न कुनै सकारात्मक पहल गरेका छन् । एक उपसचिवका अनुसार मन्त्रीलाई भेट्न नपाएक...

सम्बन्धित सामग्री

बीमाको जनशक्ति विकासमा अनुसन्धान र सहकार्यको खाँचो

काठमाडौं । बीमाक्षेत्रमा जनशक्ति विकासका लागि शैक्षिक क्षेत्र र बीमाक्षेत्रबीच ठोस सहकार्य हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । एकातिर बीमा उद्योगले आवश्यकता अनुसार जनशक्ति पाउन नसक्ने, अर्कोतिर शैक्षिक बेरोजगारी बढ्नुमा आपसी तालमेल र सहकार्यको अभाव कारक रहेको नेपाल पुनर्बीमा कम्पनी (नेपाल री)ले शुक्रवार काठमाडौंमा आयोजना गरेको ‘इन्डस्ट्री एकेडेमिया लाइलग’ कार्यक्रमका सहभागीहरूले बताएका हुन् । यसका लागि शैक्षिक क्षेत्रले बजार माग अनुसारको जनशक्ति उत्पादन गर्नुपर्ने र बीमाक्षेत्रले यसमा प्रोत्साहन गर्नुपर्नेमा खाँचो औंल्याइएको छ । कार्यक्रममा नेपाल रीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले मावन संसाधन विकासमा बीमाक्षेत्र र शैक्षिक क्षेत्रका चुनौती पहिल्याएर अघि बढ्ने अभियानको थालनीस्वरूप संवाद कार्यक्रम आयोजना गरिएको बताए । बीमाक्षेत्रमा जनशक्तिको अभाव, ‘मिसम्याच’ जस्ता समस्या समाधानका लागि नेपाल रीले अनुसन्धान तथा विकास विभाग नै खडा गरेको भन्दै उनले अनुसन्धानको काममा बीमाका अन्य सरोकारवालाहरूले पनि जिम्मेवारी लिनुपर्ने औंल्याए । कार्यक्रममा बीमाक्षेत्रको तर्फबाट प्रस्तुति दिँदै बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले नेपालको सन्दर्भमा बीमक र बीमितबीच नै ठूलो खाडल रहेको बताए । तर यसमा एक क्षेत्रले अर्कोलाई दोषी देख्ने प्रवृत्ति रहेको उनले औंल्याए । दुई क्षेत्रबीचको अन्तर नघटेसम्म बीमाको दिगो वृद्धि र विकास हुन नसक्ने उनको भनाइ छ । कार्यक्रममा युनिग्लोब कलेजका प्राचार्य डा. नरबहादुर विष्टले बीमा क्षेत्रको दायरा ठूलो भएर पनि विद्यार्थी आउन नसक्नुका कारण पहिचान गर्नुपर्ने बताए । ‘इन्डस्ट्री र एकेडेमिया आआफ्नै ढंगले चल्ने गरेकाले पनि जनशक्ति व्यवस्थापनमा समस्या भएको छ,’ उनले भने । कार्यक्रममा सहभागी विभिन्न विश्वविद्यालयका डीनहरूले समस्या र चुनौती दुवै क्षेत्रमा रहेको भन्दै यसको निकासका लागि आपसी सहकार्य र समझदारी हुनुपर्नेमा जोड दिएका थिए । सहभागी वक्ताहरूले सबै विश्वविद्यालयको व्यवस्थापन कोर्स एकै प्रकृतिको रहेको र नयाँ कार्यक्रम आउन नसक्दा शैक्षिक बेरोजगारी बढाएको बताए । कार्यक्रममा जीवन बीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठले हाल बीमा क्षेत्रको जनशक्तिका लागि धेरै लगानी गर्नुपर्ने अवस्था रहेको बताए । आवश्यकता अनुसार जनशक्ति विकास नहुँदा एकबाट अर्कोमा स्थानान्तरण मात्र भइरहेको उनको भनाइ छ । यस्तै नेपाल बीमक संघका उपाध्यक्ष वीरेन्द्र वैदवारले बीमा क्षेत्रलाई आवश्यक पर्ने मानव संसाधन विकासमा लगानी गर्न बीमा उद्योग सधैं तयार रहेको बताएका थिए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अनुसन्धानको क्षेत्रमा विश्वविद्यालयहरूसँग हातेमालो गरेर अघि बढ्ने बताए । बीमा समितिका पूर्वअध्यक्ष फत्तबहादुर केसीले इन्डस्ट्री र एकेडेमियाबीचको अन्तर हटाउँदै बीमा क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्नु अहिलेको मुख्य आवश्यकता भएको बताए । विश्वविद्यालय अनुसन्धान आयोगका अध्यक्ष प्राडा. भीमप्रसाद सुवेदीले समय र आवश्यकता अनुसारको मानव संसाधन विकासका लागि विश्वविद्यालयहरूले आफ्ना शैक्षिक कार्यक्रममा पुनरवलोकन गर्नुपर्ने बेला आएको बताए । कार्यक्रम समापन गर्दै नेपाल री इन्स्योरेन्सका अध्यक्ष डा. रवीन्द्र घिमिरेले संस्थाले आयोजना गरेको उक्त कार्यक्रम बीमा र शिक्षाक्षेत्रबीच संवाद एवं सहकार्य थालनीको सूत्र भएको बताए । यस क्षेत्रको समस्या, माग, आवश्यकता र अपेक्षा परिपूर्तिका लागि अन्तर–समन्वय अपरिहार्य हुने उनको भनाइ थियो ।