शिवनाथले तयार पार्यो कक्षा ८ सम्मको स्थानीय पाठ्यक्रम

बैतडी : बैतडीका स्थानीय तहले आधारभूत तहमा पाठ्यक्रम तयार पारी पठनपाठन गरिरहेका छन्। जिल्लाको शिवनाथ गाउँपालिकाले आधारभूत तह कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम तयार पारेको   शिवनाथ गापाका अध्यक्ष कर्णसिंह साउदले बताए। कक्षा १ देखि ३ सम्म आधारभूत तहको पाठ्यक्रम यसअघि नै तयार पारेर प्रयोगमा ल्याइसकेको गापाले कक्षा ४–५ र कक्षा ६–८ को स्थानीय पाठ्यक्रम तयार पारेको जनाएको छ।‘हाम्रो शिवनाथ’नाम दिएर आधारभूत तहका लागि तयार पारिएको उक्त पाठ्यक्रम चालू शैक्षिक सत

सम्बन्धित सामग्री

स्थानीय पाठ्यक्रम अनुसार पाठ्यपुस्तक लागू हुने

आफ्नो क्षेत्रको भौगोलिक अवस्था, बसोबास गर्ने जातजाति, उनीहरूको भाषा, धर्म, संस्कृति, चाडपर्व, आर्थिक, सामाजिक र राजनीतिक अवस्था, ऐतिहासिक महत्त्वलगायतका विषयवस्तु समेटेर हेटौँडा उपमहानगरपालिकाले चालु शैक्षिक सत्रदेखि कक्षा ८ सम्म स्थानीय पाठ्यपुस्तक लागू गर्ने भएको छ ।

स्थानीय पाठ्यक्रम पढाउन महानगरको निर्देशन, प्याब्सन भन्छ : विकल्प दिनुपर्छ

काठमाडौं : काठमाडौं महानगरपालिकाले आधारभूत तह कक्षा ८ सम्म स्थानीय पाठ्यक्रमका रूपमा नेपाल भाषा विषय अध्यापन गराउन निजी तथा सरकारी (सामुदायिक) विद्यालयहरूलाई निर्देशन दिएको छ।महानगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर नेपाल भाषा विषय अध्यापन गराउनुपर्ने प्रावधान रहेकाले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले गरेको प्रावधान अनुरूप अनिवार्य पठनपाठन गराउन निर्देशन दिएको हो।महानगरपालिका शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी सीताराम कोइरालाले निजी (संस्थागत) विद्यालयले नेपाल भाषा अध्यापन गर्ने शिक्षकको

नेपाल भाषा अध्ययनको कार्यतालिका र शिक्षकको नामनामेसी पठाउन निर्देशन

काठमाडौं महानगरपालिकाले उपत्यकाभित्र संचालित विद्यालयहरुले आधारभूत तह कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम अध्यापन गराउनुपर्ने भएकाले दैनिक कार्यतालिका पठाउन सबै विद्यायहरुलाई निर्देशन दिएको छ। महानगर शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले एक विज्ञप्ति जारी गर्दै आधारभूत तहमा स्थानीय पाठ्यक्रमका रुपमा नेपालभाषा विषय अध्यापन गराउनुपर्ने प्रावधान रहेको कुरा पुनः स्मरण गराउँदै दैनिक कार्यतालिका पठाउन निर्देशन दिनुभएको हो । …

स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याइँदै

जिल्लाका अधिकांश स्थानीय सरकार पाठ्यक्रम तयार पारेर कार्यान्वयनको तयारीमा जुटेका छन्। जिल्लाका दुई उपमहानगरसहित पाँचवटा पालिकाले पाठ्यक्रम तयार पारेर कार्यान्वयनमा ल्याएका छन्। संविधानमै कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम तयार पारेर अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ। घोराही उपमहानगरपालिकाले थारू भाषामा पाठ्यक्रम तयार पारेर कक्षा १ देखि ३ सम्म परीक्षण गरेको थियो। यद्यपि यो उपमहानगरपालिकाले अझै स्थानीय पाठ्यक्रम भने कार्यान्वयनमा ल्याएको छैन। दङ्गीशरण, बङ्गलाचुली, राप्ती र राजपुर गाउँपालिकाले पाठ्यक्रम तयार पारिसकेका छन् तर पाठ्यपुस्तक भने अझै पठाइएको छैन।

गुल्मीका पाँच पालिकामा स्थानीय पाठ्यक्रम लागू

तम्घास । गुल्मीका पाँच पालिकामा स्थानीय पाठ्यक्रम लागू गरिएको छ । जिल्लाको धुर्कोट, कालीगण्डकी, गुल्मीदरबार गाउँपालिका एवं रेसुङ्गा र मुसिकोट नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेका हुन् । धुर्कोट गाउँपालिकाले शैक्षिक सत्र २०७७ देखि स्थानीय पाठ्यक्रम लागू गरेको थियो । कक्षा ५ सम्म लागू गरिएको स्थानीय पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि कक्षा ८ सम्म सञ्चालन गर्ने तयारी […]