जिल्लाका अधिकांश स्थानीय सरकार पाठ्यक्रम तयार पारेर कार्यान्वयनको तयारीमा जुटेका छन्। जिल्लाका दुई उपमहानगरसहित पाँचवटा पालिकाले पाठ्यक्रम तयार पारेर कार्यान्वयनमा ल्याएका छन्। संविधानमै कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम तयार पारेर अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ। घोराही उपमहानगरपालिकाले थारू भाषामा पाठ्यक्रम तयार पारेर कक्षा १ देखि ३ सम्म परीक्षण गरेको थियो। यद्यपि यो उपमहानगरपालिकाले अझै स्थानीय पाठ्यक्रम भने कार्यान्वयनमा ल्याएको छैन। दङ्गीशरण, बङ्गलाचुली, राप्ती र राजपुर गाउँपालिकाले पाठ्यक्रम तयार पारिसकेका छन् तर पाठ्यपुस्तक भने अझै पठाइएको छैन।