नेपाल भाषा अध्ययनको कार्यतालिका र शिक्षकको नामनामेसी पठाउन निर्देशन

काठमाडौं महानगरपालिकाले उपत्यकाभित्र संचालित विद्यालयहरुले आधारभूत तह कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम अध्यापन गराउनुपर्ने भएकाले दैनिक कार्यतालिका पठाउन सबै विद्यायहरुलाई निर्देशन दिएको छ। महानगर शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले एक विज्ञप्ति जारी गर्दै आधारभूत तहमा स्थानीय पाठ्यक्रमका रुपमा नेपालभाषा विषय अध्यापन गराउनुपर्ने प्रावधान रहेको कुरा पुनः स्मरण गराउँदै दैनिक कार्यतालिका पठाउन निर्देशन दिनुभएको हो । …