काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडको प्रभाव अनुमान भन्दा कम देखिएकाले आर्थिक वृद्धि राम्रो हुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्य समितिसँगको भर्चुअल अन्तरकृयाका क्रममा गभर्नर अधिकारीले केही क्षेत्र बाहेक अधिकांश क्षेत्रमा आर्थिक गतिविधि राम्रो देखिएकोले अबका दिनमा आर्थिक वृद्धि राम्रो हुने बताएका हुन् ।