७ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्कासन अनुमति दिने कार्य अघि बढाएको छ । यसै क्रममा शुक्रबार मात्रै हिमालय ऊर्जा विकास कम्पनीलाई शत प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो । कम्पनीले …
माघ ६, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले बुधवार दुई बीमा कम्पनीहरुलाई हकप्रद शेयर निष्कासनको अनुमति दिने निर्णय गरेको छ ।
बोर्डले आइएमई जनरल इन्स्योरेन्स र शिखर इन्स्योरेन्सलाई हकप्रद शेयर निष्कासनको लागि अनुमति दिने निर्णय गरेको हो । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि भदौ १७ गते बोर्डमा निवेदन दिएको थियो ।
बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले १० बराबर ४ को अनुपातमा रू. ४६ करोड ३० लाख ३४ हजार ४०० बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्न पाउने भएको हो । आइएमई जनरल इन्स्योरेन्सको हकप्रद विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत हकप्रद शेयर विक्रीको तयारी गरेको हो ।
त्यस्तै शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई भने बोर्डले ३० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि अनुमति दिने निर्णय गरेको हो । बोर्डबाट नुमति पाएसँगै कम्पनीले १० बराबर ३ को अनुपातमा रू. ५२ करोड ७५ लाख ५७ हजार २०० बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री गर्ने बाटो खुला भएको छ ।
कम्पनीले जेठ गत २५ गते उक्त हकप्रद शेयर विक्रीको लागि बोर्डमा निवेदन दिएको थियो । हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड ८५ लाख २४ हजार छ । सोही पूँजीको आधारमा कम्पनीहरुले हकप्रद शेयर विक्री गर्न लागेको हो ।
जेठ ९, काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) लाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हकप्रद शेयर निष्कासन गर्नका लागि अनुमति दिएको छ ।
कम्पनीलाई १ बराबर १ अनुपातमा हकप्रद निष्कासन गर्न बोर्डले आज (आइतवार) अनुमति दिएको हो । अनुमति पाएसँगै कम्पनीले प्रति कित्ता १०० अंकित दरका ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।
हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले हकप्रद निस्कासनको लागि चैत १२ गते धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो ।