रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सेनाको सङ्ख्या १० प्रतिशत बढाउन आदेश दिनुभएको छ ।
उहाँले अर्को महिनाभित्र देशको सशस्त्र बलमा १ लाख ३७ हजार सैन्य कर्मचारी थप गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ । अहिले रुसमा १० लाखभन्दा धेरै सैन्य कर्मचारी छन् । रुसमा सैन्य भर्ती अभियान तीव्र बनेको बेला राष्ट्रपति भ्लादिमिर पुटिनले आदेश जारी गर्नुभएको हो ।
रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता ६ महिनाको अवधिमा केही सैनिकले ज्यान गुमाएका छन् । कतिपय घाइते भएका छन् ।
युक्रेनले युद्धमा कडा प्रतिरोध गर्दै आएको...