गोरखा : धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुस्पी पाखामा निर्माण गरिएको एकीकृत नमुना बस्तीका स्थानीयलाई घरको लालपुर्जा हस्तान्तरण गरिएको छ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवाली र गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्तसहितको टोलीले बिहीबार स्थानीयलाई औपचारिक रुपमा बस्ती हस्तान्तरण गरेका हुन्।स्थानीय डम्बर सिंह गुरुङलाई लालपुर्जा दिएसँगै औपचारिक रुपमा बस्ती हस्तान्तरण सुरु गरिएको गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा