कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले जनताको अदालतमा जाने निर्णय लोकतान्त्रिक विधि भएको बताएकी छन् । मन्त्री अर्यालले भनिन्, “पाँच वर्षका लागि जनमत प्राप्त सरकारलाई आफ्नै पार्टीका नेताहरुले चारैतिरबाट घेराबन्दी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामाझ जाने निर्णय लिनुभो ।” गृहजिल्ला स्याङ्जामा राष्ट्रिय युवा सङ्घले आज आयोजना गरेको बृहत् युवा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री अर्यालले सो कुरा बताइन् । उनले जनतामाझ जाने उक्त निर्णय लोकतान