नेपालमा छोटो समयमै ग्राहकको रोजाइमा पर्न सफल छ, ‘मेलान्ज स्टोर’ । यो मल्टी ब्रान्ड स्टोरमा महिला, पुरुष र बालबालिकाका लागि सहज हुने गरी विभिन्न ब्रान्डका कपडा उपलब्ध छन् ।
ग्राहकको रोजाइलाई ध्यानमा राखेर...
१० माघ, धनगढी । घरको छतबाट हाम फालेका धनगढीका व्यवसायी सन्तोष अग्रवालको परिवारमा अंशवण्डासम्बन्धी विवाद रहेको पाइएको छ ।
धनगढी उपमहानगरपालिका-४ को बसपार्कमा आफ्नै घरको तल्लो तलामा सन्दीप स्टोर सञ्चालन गरेर श्रृङ्गार सामानको होलसेल व्यवसायी अग्रवालको …
वीरगञ्ज । गरीबी र पारिवारिक दायित्वको बोझ बोकेर १२ वर्षको कलिलो उमेरमै वीरगञ्जको एउटा व्यापारिक फर्ममा झाडु लगाउने काम गर्न पुगेका मुर्ली जलान अहिले आफै २५ जनालाई रोजगारी दिने अवस्थामा पुगेका छन् भन्दा पत्यार नलाग्न सक्छ । पत्याउनु पनि कसरी ? उनलाई नै यो वास्तविकता सपनाजस्तो लाग्छ ।
यो अपत्यारितो वास्तविकता यसै सम्भव भएको होइन । कामप्रतिको निरन्तर लगाव र नयाँ कुरा सिक्ने भोकले उनलाई यो सफलतासम्म पुर्याएको हो । ‘त्यतिबेला वीरगञ्जको मेनरोडमा बजरंग स्टोर नामको फर्ममा प्रतिमहीना ६० रुपैयाँमा काम गर्न पुगेको थिएँ,’ अहिले ५० वर्षमा हिँड्दै गरेका मुर्ली सम्झिन्छन्, ‘त्यहाँ उनको काम हुन्थ्यो । १५/१६ वर्षसम्म त्यही फर्ममा बसें । फर्म सञ्चालकले धनगढीमा लुगा सिलाउने धागो उद्योग खोलेपछि त्यहाँ पनि कामदारकै रूपमा गएँ । त्यहाँ उद्योगको व्यवस्थापन सिक्ने मौका मिल्यो ।’
उनले धागो उद्योग चलाउनुपछाडिको संयोग पनि उस्तै छ । पश्चिम नेपालको धनगढीमा साझेदारीमा खुलेको त्यो उद्यम सोचेजस्तो जम्न सकेन । साझेदारी पनि टिकेन । धागो उद्योग बन्द भएपछि वीरगञ्ज फर्किएका मुर्लीलाई नै सहयोगी कर्मचारी राखेर सञ्चालकले पुन: अर्को धागो उद्योग खोले । तर, माओवादीको सशस्त्र संघर्ष उत्कर्षमा रहेका बेला चन्दा आतंक खेप्न नसकेर मुर्लीका साहूजी आफ्नो परिवारसहित भारत पलायन भए । मुर्ली कहाँ जाने/के गर्ने चिन्तामा डुब्न थाले ।
संयोग नै भन्नुपर्छ मुर्लीलाई त्यो धागो उद्योग र केही पैसा ‘आशीर्वाद’का रूपमा छोडेर उनका साहू भारततर्फ लागे । त्यही उद्योगलाई २०६० सालमा ‘एस थ्रेड’को नाममा दर्ता गरेर अहिले वार्षिक ७/८ करोडको कारोबार गरिरहेका मुर्लीले यो उद्योगमा ५ करोड रुपैयाँ लगानी पुर्याइसकेका छन् । धागो उद्योगमा कामदारको रूपमा व्यवस्थापनको प्रारम्भिक ज्ञान बटुलेका मुर्लीले अनुभवले खारिँदै २० वर्षदेखि वीरगञ्जमा धागो उद्योग नै चलाइरहेका छन् । उनी इलास्टिक बनाउने अर्को एक उद्योगमा पनि सक्रिय साझेदारको रूपमा छन् ।
कम छैनन् समस्या
कोरोना महामारीयता खस्किएको बजारबाट धागो उद्योग पनि जोगिएको छैन । वार्षिक ३५/४० करोड रुपैयाँको घागो बजार विगत वर्षहरूको तुलनामा अहिले ४० प्रतिशतले घटेको अनुभव उनको छ । ‘खर्च भने बढेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको ब्याज दोब्बर पुगेको छ । उद्योग चलाउनु कठिन काम बन्दै गइरहेको छ,’ मुर्ली समस्या सुनाउँछन् । बजारमा छाएको मन्दीकै कारण उनले काठमाडौंमा नयाँ धागो उद्योग सञ्चालनको योजनासमेत अहिलेलाई स्थगित गरेका छन् । उद्योगका लागि पाँचओटा उपकरण भित्रिइसकेका छन् । बजार खस्किएपछि तत्कालका लागि स्थगित गर्नुपरेको मुर्ली बताउँछन् ।
नीतिगत संरक्षणको अपेक्षा
सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने खालको नीति लिनुपर्नेमा त्यसको अनुभूति नपाएको गुनासो औसत उद्योगी जस्तै उनको पनि छ ।
‘स्वदेशमा आयात हुने तयारी धागो कच्चा पदार्थको सहुलियतमा भित्रिइरहेको छ । यसले स्वदेशका उद्योगलाई प्रतिस्पर्धामा अत्यन्तै गाह्रो भइरहेको छ,’ उनले भने । उद्योगका लागि सहुलियत दिनु राम्रै भए पनि व्यापारिक प्रयोजनका लागि भित्रिने धागोसमेत कच्चा पदार्थ भनेर भित्रिइरहेको दाबी उनले गरे ।
राजनीतिप्रति आकर्षण
पछिल्लो समयमा राजनीतिप्रति आकर्षित भएका मुर्ली राजनीतिलाई फोहोरी खेलमात्र ठान्न नहुनेमा स्पष्ट छन् । राजनीतिलाई सफा बनाउन राजनीतिमै संलग्न हुनुपर्ने मान्यता राख्ने उनी निजीक्षेत्रले राजनीतिमा राम्रो गर्न सक्नेमा विश्वस्त पनि देखिन्छन् ।
आठ वर्षअघि अध्ययनका सिलसिलामा जापान पुगेका शालिकाराम सापकोटाले देखाएको सुझबुझ र इमान्दारिताले उनलाई सम्मानित बनाएको छ । जापानी युवतीसंग विहे गरेर उनको पारिवारिक डिपार्टमेन्टल स्टोर चलाइरहेका सापकोटाले गत कार्तिकमा आफ्नो पसलमा आउने ग्राहकलाई ठगिनबाट जोगाउँदा सम्मानित भएका हुन् । जापानको राष्ट्रिय दैनिक द माइनिचीमा १५ नोभेम्बर २०२२ मा प्रकाशित सामग्रीमा सापकोटाको सुझबुझ र इमान्दारिताको वर्णन गर्दै …
अनेकौं चुनौती र समस्याकै बीच पछिल्लो समय महिला उद्यमीहरू व्यावसायिक क्षेत्रमा अगाडि आउन थालेका छन् । यसमा कतिपयलाई पारिवारिक व्यावसायिक पृष्ठभूमिले समेत सघाएको छ । पारिवारिक व्यवसायलाई कुशल नेतृत्व दिन सफल महिला उद्यमीमध्ये सहारा जोशी पनि नछुट्ने नाम हो । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ)की द्वितीय उपाध्यक्ष समेत रहेकी जोशीले हिमालयन ब्याम्बोमा प्रमुख कार्यकारी अधिकृतको रूपमा रहेर व्यवसायलाई गति दिइरहेकी छिन् । प्रस्तुत छ, उनको व्यावसायिक यात्रा, कम्पनीको अवस्था, उद्यमशीलता प्रवर्द्धनमा एनवाईईएफको भूमिका लगायत विषयमा आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले गरेको कुराकानीको सार :
आफ्नो बारेमा बताइदिनुहोस् न । कहाँ पढ्नुभयो ? हिमालयन ब्याम्बोमा कहिलेदेखि जोडिनुभयो ?
म शुभतारा स्कुलमा पढेको हुँ । त्यसपछि म थाइल्याण्डमा गएँ । त्यहाँ इन्टरनेशनल ब्याकालरेट कोर्स र अस्ट्रेलियामा ब्याचलर कोर्स सकेर नेपाल फर्कें । त्यसपछि हाम्रो पारिवारिक व्यवसाय हिमालयन ब्याम्बोमा संलग्न भएको हुँ । त्यसमा हामी काठ र बाँसको फ्लोरिङ तथा फर्निचरको काम गर्छौं । ब्याम्बो हाउजिङको पनि धेरै काम गरेका छौं । एनवाईईएफमा आबद्ध भएको ५–७ वर्ष भयो ।
तपाईंले ग्य्राजुएसन कुन विषयमा गर्नुभयो ?
मैले ग्य्राजुएसन उद्यमशीलतामै गरेको हुँ ।
हिमालयन ब्याम्बोको बारेमा बताइदिनुहोस् न । व्यवसायको अवस्था कस्तो छ ? कहिलेदेखि शुरू भएको हो ? के के उत्पादन हुन्छ ? कहाँ बेच्नुहुन्छ ?
हिमालयन ब्याम्बो सन् २००० मा स्थापना भएको हो । पहिला यसको फ्याक्ट्री हेटौंडा औद्योगिक क्षेत्रमा थियो । अहिले चोभारमा सारेका छौं । शुरूमा ब्याम्बो (बाँस)को पार्केट र प्ल्यांक उत्पादन गथ्र्यौं । तर चीनबाट एकदमै सस्तोमा ब्याम्बो प्रडक्ट आउँदा प्रतिस्पर्धा गर्न गाह्रो भएकाले अहिले ब्याम्बो र काठ दुईओटैको काम गरिरहेका छौं । यो सबै स्वदेशी उत्पादन नै हो । ब्याम्बो पनि स्थानीय उत्पादन नै हो, जुन इलामतिरबाट ल्याउँछौं भने काठ धनगढीतिरबाट आउँछ । हाम्रो करीब ९० प्रतिशत उत्पादन स्थानीय स्रोतबाटै आपूर्ति हुन्छ । कोटिङको सामग्री भने बाहिरबाट आउँछ । मशिनरीदेखि कच्चापदार्थ, प्राविधिक सबै स्थानीय नै हो ।
हाम्रो उत्पादन काठको पार्केट हो । ब्याम्बोको हकमा यसबाट कम खर्च लाग्ने घर बनाउँछौं । ब्याम्बोका फर्निचर र काठमा आधारित कम्पोजिट फर्निचर उत्पादन गर्छौं । यस्तो कम्पोजिट फर्निचर ह्यान्डक्राफ्टबाटै उत्पादन गरिन्छ । यसमा शिकागोको एउटा कम्पनीसँग सहकार्य गरेका छौं । उक्त कम्पनीले गरेको डिजाइनमा हामी उत्पादन गर्छौं । उत्पादित सामग्री पहिले अन्तरराष्ट्रिय बजारमा मात्र पठाउँथ्यौं । तर, कोभिडको कारण ढुवानी लागत धेरै भएर अहिले नेपाली बजार नै विस्तार गर्ने योजनामा छौं ।
हिमालयन ब्याम्बो बीचमा बन्द भएको थियो, होइन ?
हामीले २००९ मा ‘टेकओभर’ गरेका हौं । त्यसअघि केही समय बन्द थियो । त्यसपछि यो निरन्तर चलिरहेको छ । म २०१५ देखि यसमा आबद्ध भएकी हुँ । यसलाई निरन्तर चलाइरहेकी छु ।
यसका उत्पादन नेपाली बजारमै विक्री हुन्छ कि विदेश पनि जान्छ ?
फर्निचर विदेश पनि जान्छ । पार्केट चाहिँ नेपाली बजार (होटल, रिसोर्ट र हाउजिङहरू)मा जान्छ । अलिकति लक्जरियस प्रडक्ट छन् । किनभने ठोस काठ अलि महँगो नै छ ।
गुणस्तर र दिगोपनमा अहिलेका ग्राहक एकदमै सचेत भएका छन् ।
विदेश कुन मात्रामा जान्छ ?
विदेश कोभिडको बेलामा पठाएनौं । पहिले हामीले दुबई, बहराइन, जापान लगायत देशमा पठाएका हौं । खेपको १०–२० हजार वर्गफिट पठाउने गरिएको थियो । अहिले पठाइएको छैन । अहिले स्थानीय बजारमै सीमित छौं । आशा छ, अब फेरि पठाउन थालिन्छ । कोभिडको अवस्था कस्तो रहन्छ, त्यसमा भर पर्छ ।
नेपाली बजारमा यो कति परिमाणमा जान्छ ?
नेपाली बजारमा पनि वर्ष अनुसार हुन्छ । अहिले अलिकति कम नै छ । विस्तारै बढ्दै छ । १४ हजारदेखि २० हजार वर्गफिटजति नेपाली बजारमा जान्छ । त्यो भनेको ५ देखि ६ करोड रुपैयाँ बराबरको हुन्छ ।
कति जनालाई रोजगार दिइएको छ ?
अहिले हामीसँग २० जना कालीगढ मात्र छन् । कार्यालयमा पाँचजना छन् । इन्स्टलेशन टीम छुट्टै हुन्छ । बजारको माग अनुसार बाहिरबाट जनशक्ति जुटाएर पनि काम गर्छौं ।
कालीगढ नेपाली नै छन् कि ? बाहिरका ?
धेरैजसो हामी नेपाली नै छौं ।
उत्पादनमा प्रतिस्पर्धा कस्तो छ ?
प्रतिस्पर्धा एकदमै छ । हाम्रा उत्पादनमा खास काठ नै प्रयोग हुन्छ । तर बजारका अन्य उपादन काठको लेमिनेटेड हुन्छ । यद्यपि त्यस्ता उत्पादनसँग हाम्रो सीधा प्रतिस्पर्धा भने हुँदैन । त्यो एकदमै सस्तो विकल्प हो । हाम्रो उत्पादन प्रतिवर्गफिट रू. ८०० भन्दा बढी पर्छ भने लेमिनेटेड पार्केट प्रतिवर्गफिट रू. १०० देखि १२० सम्ममा पाइन्छ । हाम्रै जस्तो उत्पादन गर्ने चाहिँ अन्य एक–दुईओटा कम्पनी होलान् । तर गुणस्तर र फिनिसिङमा हामी नै अगाडि छौं ।
कुनै बेला सालको काठको पनि पार्केट बनाउनु हुन्थ्यो । त्यो अहिले पनि छ ?
त्यो अहिले छैन । हामी सिसम, अस्ना, टिक र हिमालयन चेरी गरी खास चारओटा काठमा मात्र काम गर्छौं । चेरी युकालिप्टस काठ हो । त्यो चाँडै हुर्कन्छ । यो वातावरणमैत्री पनि भएकाले हामीले यसमा जोड दिएका छौं । सामुदायिक वनहरूबाट त्यो ल्याउँछौंं ।
उद्यमशीलता बढाउन हाम्रो शिक्षाक्षेत्रदेखि नै सुधारका काम गर्नुपर्छ ।
नेपाली ग्राहकले हिमालयन ब्याम्बोका उत्पादनलाई धेरै रुचाएका छन् कि अन्य सस्ता प्रडक्टलाई ?
हाम्रो त खास ग्राहक नै हुनुहुन्छ । हाम्रा जति ग्राहक हुनुहुन्छ, उहाँहरू हाम्रा प्रडक्ट दोहोर्याएर लिने खालको हुनुहुन्छ । साथै हामीले एउटा घरमा सेवा दियौं भने उहाँहरूले अर्कोमा पनि सिफारिश गर्नुहुन्छ ।
यो कहाँ पाइन्छ ? शोरूम देशैभरि छ कि खास ठाउँमा मात्र ?
हाम्रो शोरूम छैन । अफिस थापाथलीमा छ । वर्ड अफ माउथ र बीटुबी विक्री हुन्छ । धेरैजसो होटल र अपार्टमेन्टहरूमा जान्छ । सीमित ग्राहक हुनुहुन्छ ।
माग आएपछि मात्र उपलब्ध गराउने खालको हो ?
कुनै कुनै काठ एकदमै महँगो हुन्छ । त्यो हामी स्टकमा पनि राख्दैनौं । कुनै क्लाइन्टले तोकेरै अर्डर गर्नुभयो भने उहाँहरूले भनेअनुसारको बनाइदिनैपर्छ ।
कच्चापदार्थ आयात गरिरहनुपर्ने जरुरी छैन ?
कच्चापदार्थ खासै आयात गरेका छैनौं । तर कोटिङका जुन लेयर अर्थात् प्रोटेक्टिभ लेयर हुन्छ, त्यो र वुड ओइल, यूभी कोटिङ बाहिरबाट ल्याउनुपर्छ ।
नेपालमै ब्याम्बो रोप्ने, राटेन अथवा केन प्रडक्सनमा जाने किसिमको सम्भावनामा केही खोजी गर्नुभएको छ ?
त्यसमा पनि धेरै अध्ययन गरेको हो । तर यसले हाम्रो आपूर्ति शृंखला धेरै लामो हुने भयो । रोप्नेदेखि लिएर अन्तसम्ममा हामीलाई अनुसन्धान तथा विकासको लागि छुट्टै कोष नै खडा गर्नुपर्ने भयो । एक/दुईचोटि समुदायमै गएर ‘तपाईंहरू बाम्बो रोप्नुस्, हामी लिन्छौं’ भनेर एक/दुईओटा गरैरसरकारी संस्थासँग पनि कुरा गरेर काम गर्न खोज्यौं । तर अहिलेसम्म सफल भएको छैन । तर त्यसमा लागि नै रहेका छौं । निजी कम्पनीले त्यत्रो लामो आपूर्ति श्रृंखला धान्न सक्दैन ।
अमेरिकी कम्पनीसँग डिजाइनिङमा पार्टनरशिप छ भन्नुभयो । त्यो कुन किसिमको हो ?
हामीले सहकार्य गरेको एलडटसँग हो, जुन निर्यातको विषयमा हो । उहाँहरूले डिजाइन गर्नुहुन्छ । हाम्रा स्टाफहरू उहाँहरूको डिजाइनमा तालीमप्राप्त भइसकेका छन् । उहाँहरूले अमेरिकामा पनि बेच्नुहुन्छ । त्यसकारण हामीले स्थानीय बजारलाई त्यति ध्यान दिएका थिएनौं । अब चाहिँ हाम्रो योजनामा स्थानीय बजार पनि छ ।
व्यावसायिक आकार बढाउन सकिने सम्भावना कत्तिको छ ? त्यसबारे केही सोच्नुभएको छ ?
व्यावसायिक आकार कत्रो बनाउने भन्ने त बजारमै निर्भर हुन्छ । अहिले बढ्दै गएको छ । दिगोपनका कुरा पनि हुन्छन् । ब्याम्बोको बारेमा धेरै जानकार भएका छन् । पहिले ब्याम्बो भनेपछि एकदमै सस्तो भन्ने सोचिन्थ्यो । भुइँचालोको बेलामा हामीले ब्याम्बोका धेरै घर बनायौं । पुन:स्थापना केन्द्र, अस्थायी आश्रयस्थलहरू बनायौं । त्यो गर्दा बजारमा यसबारे ज्ञान र सोधपुछ पनि बढेको छ । लक्जरी मार्केटमा दिगोपनका हिसाबले अहिले ग्राहक एकदमै सचेत भएका छन् ।
यसमा विदेशी लगानी ल्याउने, थप व्यापक बनाउने सोच छ कि ?
अहिले नै त छैन । अहिले हामी यथावस्थामै चलिरहेका छौं । यद्यपि सम्भाव्य अवसर पनि हेरिरहेका छौं ।
नेपालमा नयाँ फर्निचर प्रडक्ट पनि ल्याउन लागिएको भन्नुभएको छ । त्यसबारे थोरै बताइदिनुहोस् न ।
त्यो अहिले योजनाकै तहमा छ । एउटा भारतीय कम्पनी (स्टार्टअप नै हो) सँग सहकार्य गर्दै छौं । निधो भइनसकेको हुनाले नाम चाहिँ अहिले नभनिहालौं । त्यो अनलाइन–बेस्ड ई–कमर्श फर्निचर स्टोर हो । नेपालमा अहिले ई–कमर्श एकदम बढिरहेको छ । तर फर्निचरमा त त्यस्तो छैन । हामीले भारतीय कम्पनीको डिस्ट्रिब्युटरशिप भन्दा पनि सिस्टम लिने हो । उहाँहरूको फ्रेन्चाइजमा काम गर्दै छौं । यो हिमालयन ब्याम्बो भन्दा भिन्नै व्यवसाय हो ।
मेहनतपूर्वक अथक रूपमा काम गर्न सक्ने हो भने नेपालमा राम्रा अवसर छन् ।
एनवाईईएफको द्वितीय उपाध्यक्ष हुनुहुन्छ । यो संस्थाले के गर्छ ?
यो युवाहरूको संस्था हो । यो अहिले १८ वर्षमा चलिरहेको छ । शुरू गर्दा यसमा ४० देखि ५० जना युवा उद्यमी हुनुहुन्थ्यो । अहिले देशभर ११ ओटा च्याप्टर छन् । उत्पादन, सेवा, व्यापार लगायत धेरै क्षेत्रबाट ७०० भन्दा बढी सदस्य हुनुहुन्छ । एनवाईईएफ धेरै समावेशी संस्था हो । पुरुष र महिला सबै जना हुनुहुन्छ । देशभरिका युवा आबद्ध हुनुहुन्छ । हामी युवा उद्यमशीलता प्रवर्द्धन गर्छौं । देशैभरि सकारात्मक सोच प्रवर्द्धन गर्छौं ।
संस्थाले युवा र युवा उद्यमशीलताका लागि के के गरेको छ ? बुँदागत रूपमै भनिदिनुस् न ।
हामीले भर्खरै स्टार्टअप कम्युनिटी शुरू गरेका छौं । च्याप्टरमा गएर सानो सानो बैठक शुरू गरेका छौं । त्यो गर्दा स्टार्टअपहरूमा के कस्ता समस्या छन्, कस्ता स्टार्टअप आइरहेका छन् भन्ने थाहा हुन्छ । उहाँहरूको चासो बुझेर अझ ठूलो प्लेटफर्ममा लैजान सकिन्छ । अर्को, हामीले ‘मेड इन नेपाल’ अभियान शुरू गरेका छौं । महिला युवा उद्यमीलाई प्रवर्द्धन गर्ने, संस्थालाई समावेशी बनाउने काम भइरहेको छ । अर्को, नलेज हब प्लेटफर्म शुरू गरेका छौं । यो एउटा पोर्टल हो, जहाँ हामी खोज/अनुसन्धानको सुविधा उपलब्ध गराउँछौं । गतवर्ष आईएलओसँग मिलेर स्टार्टअप पोलिसीको मस्यौदा बनाएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाएका छौं ।
के छ त्यसमा ?
धेरै त याद छैन । मुख्यत: स्टार्टअपलाई परिभाषित गर्ने कुरा नै हो । नेपालमा स्टार्टअप भनेको स्पष्ट भएन । कति वर्षसम्म स्टार्टअपलाई मान्ने, स्टार्टअपलाई करमा कति छूट कसरी दिने भन्ने जस्ता विषय छन् ।
युवा उद्यमशीलताको बारेमा नीतिगत समस्या के देख्नुहुन्छ ? के भयो भने युवा उद्यमशीलता बढ्छ ?
उद्यमशीलता बढाउन हाम्रो शिक्षाक्षेत्रदेखि नै सुधारका काम गर्नुपर्छ । उद्यमशीलता भनेको उद्यमशील मानसिकता हो, करीअर पाथभन्दा पनि माइण्ड सेट नै हो । जागीर गर्दा पनि मेरो उद्यमशील मानसिकता हुन सक्छ । उद्यमशील मानसिकता भएको मान्छेले त्यही कामलाई अर्कै तरिकाले, थप सृजनशील तरीकाले गर्न सक्छ । त्यो मानसिकता बसाउन हामीले विद्यालय तहदेखि नै सिकाउनुपर्छ जस्तो लाग्छ । उद्यममा आइसकेपछि पनि कम्पनी खोल्दादेखि नै सरकारी प्रशासनका झन्झट बेहोर्नुपर्ने समस्या छ । अहिले त झन् वडा/पालिका, वाणिज्यमा दर्ता गर्नुपर्ने, करमा दर्ता गर्नुपर्ने भएको छ । कम्पनी मात्र दर्ता गरेर हुँदैन । त्यसलाई डिजिटल बनाउन सक्नुपर्छ । त्यसो भयो भने धेरै युवा उद्यमशीलतामा आउनुहुन्छ । अहिले त दर्तै नगरी काम शुरू गरिदिनुहुन्छ । शुरू गरेर मात्र हुँदैन । काम भएन भनेर बन्द गर्न सकिँदैन । किनकि बन्द गर्न एकदमै लामो प्रक्रिया हुन्छ । अहिलेका युवालाई धैर्य गर्न पनि अलि गाह्रो लाग्छ । कम्पनी खोल्यो, चलेन भने त्यतिकै छाडेर विदेश गइदिनुहुन्छ । फर्केर आएर कम्पनी चलाउन मन लाग्यो भने त्यहाँ त्यसको जरीवाना यति धेरै हुन्छ कि उहाँहरू त्यो कम्पनी त्यत्तिकै छाडेर फेरि अर्को कम्पनी खोल्नतिर लाग्नुहुन्छ । यो अवस्थामा सुधार आवश्यक छ ।
तपाईं उद्यमशीलताको यात्रामा केही वर्षदेखि दौडिरहनु भएको छ । तपाईंजस्तै व्यवसाय गर्न चाहने युवालाई के सुझाव दिनुहुन्छ ?
मेरो विचारमा जहाँ संकट हुन्छ, त्यहाँ अवसर पनि हुन्छ । विदेशतिर त सबै कुरा व्यवस्थित हुन्छ । सबै कुरा सिस्टममा हुनाले त्यहाँ काम गर्न एकदमै सहज छ । तर यहाँको अवस्था फरक छ । चुनौती र समस्या धेरै छन् । उद्यमशील मानसिकता भएको मानिसले अवसर देख्छ । ऊ त्यो समात्नतिर लागिहाल्छ । तर, नेपालमा काम गर्न, स्वरोजगार उद्यमी बन्न आफ्नै बलबुताले संघर्ष गर्नुपर्छ । अथक रूपमा काम गर्न सक्ने हो भने नेपालमा पनि राम्रो अवसर चाहिँ छन् ।
(विस्तृत अन्तरवार्ताका लागि Youtube.com/c/NewBusinessAgeNepal मा जान सक्नुहुनेछ ।)