भोजपुर : प्रदेश–१ सरकारको प्राथमिकतामा रहेको भोजपुर रंगशाला निर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको छ।
सदरमुकामनजिकै रहेको कोदारमा शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको रु.१४ करोड ५ लाख लागतमा गत मंसिर महिनाबाट रंगशालाको निर्माण शुरु भएको हो।
२०८० सालसम्म निर्माण अवधि भएपनि सरकारले समयमा बजेट दिएमा सम्झौता अघि नै काम सम्पन्न गर्ने निर्माण कम्पनी रायामाझी, मार्सेली जेभीले जिकिर गरेको छ।
मार्सेली निर्माण कम्पनीका प्रमुख श्याम श्रेष्ठले भने, ‘हालसम्म रंगशालाको ८५ प्रतिशत काम सम्पन्न भएको छ। सरकारले...