सरकारमा रहेका दलहरु गठबन्धनमा अल्झिरहेका बेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको प्रकृया शुरु गरेको छ । चैत २४ गतेदेखि नै उम्मेदवार छनोट प्रकृया शुरु गरेको एमालेले गाउँपालिका र नगरपालिकाबाट जिल्लामा नाम सिफारिस गर्न थालेको हो ।