ललितपुरस्थित नख्खु कारागारका कैदीबन्दीले उठाएका समस्या छानविन गर्न र आन्तरिक सुधारका लागि सुझाव दिन समिति गठन गरिएको छ । कारागार ब्यवस्थापन विभागका निर्देशक रामचन्द्र तिवारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले रातोपाटीलाई बताए ।नख्खुका कैदीबन्दीले आइतबार २७ बुँदे माग राखेर आन्दोलन गरेका थिए । ललितपुरका प्रमुख जिल्ला अधिकारीले माग सम्बोधन गर्ने आश्वासन दिएपछि उनीहरुले आन्दोलन स्थगित गरेका छन् । समितिमा प्रहरीका डिएसपी रमेश पण्डित, जिल्