काठमाण्डाै – नेकपा एमालेको खनाल–नेपाल समूहले नेतालाई सोधेको स्पष्टीकरण र कारबाही अध्यक्ष केपी शर्मा ओलीको तानासाही लाद्ने दुराशय भएको बताएको छ ।नेपाल समूहको बैठकपछि ११ जना नेताले संयुक्त विज्ञप्ति निकालेर नेताहरूलाई झुटा लाञ्छना लगाउँदै ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने कार्य पार्टीको विधान विपरीत स्वेच्छाचारी काम भएको भेलाको निष्कर्ष छ ।माधवकुमार नेपाल र भीम रावललाई भएको कारबाही पार्टीभित्र विचार र सङ्गठनको सम्बन्धमा छलफल र बहसको ढोका बन्द गरी नेकपा एमालेलाई विभाजन गर्दै छिन्नभिन्न ग...