नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले स्थानीय तहको निर्वाचनमा भएको भनिएको अन्तरघातमा संलग्नलाई कारबाही गर्ने हो भने सबै भन्दा पहिला सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि कारबाही हुनुपर्ने बताएका छन् । उनीहरुले गठबन्धनको नाममा अरु पार्टीलाई भोट हाल्न भनेर निर्देशन दिएको भन्दै उनीहरु नै कारबाहीको भागिदार हुनुपर्ने बताए । ‘अन्तरघातीलाई कारबाही गर्ने हो भने सबै भन्दा पहिले रामचन्द्र पौडेल र शेरबहादुर देउवालाई कारबाही गर्नुपर्छ । गठबन्धनको नाममा उहाँहरुले नै