काठमाडौँ। नेकपा एकीकृत समाजवादीले भदौ २० गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार टुंगो लगाउने भएको छ। सचिवालय बैठककोे निर्णय सार्वजनिक गर्दै महासचिव डा. बेदुराम भुसालले सो जानकारी दिएका हुन्।
पार्टीले प्रतिनिधि र प्रदेशसभाका लागि क्षेत्र, जिल्ला हुँदै प्रदेश कमिटीले भदौ १५ भित्र नाम सिफारिस गरिसक्नु पर्ने निर्णय गरेको छ।