डिपोमा भेटिएको २७ क्विन्टल अमिलो चामल नष्ट

सिमकोट । हुम्लाको दक्षिण क्षेत्रमा पर्ने अदानचुली गाउँपालिकाको श्रीनगर डिपोमा रहेको २७ क्विन्टल ९० केजी अमिलो चामल भेटिएपछि नष्ट गरिएको छ । श्रीनगर खाद्य संस्थानको डिपोमा गत २ वर्षदेखि थन्किएर राखेको २७ क्विन्टल ९० केजी चामल अमिलो भेटिएपछि जिल्ला खाद्य संस्थान हुम्लाले तत्काल गाडेर नष्ट गरेको हो । दुर्गम जिल्लाका स्थानीयमा आफ्नो उत्पादनले जम्मा वर्षको […]

सम्बन्धित सामग्री

'सिर्दीबास' जहाँ खच्चडको प्रयोग गरेर चामल ढुवानी गरिन्छ

चालु आवका लागि अहिलेसम्म ६७ क्विन्टल चामल सिर्दीबास डिपोमा पुर्‍याइ सकिएको सूचना अधिकारी सुनारले जानकारी दिए।...

जुम्लामा ‘अति आवश्यक’का लागि बाहेक छैन चामल

जुम्ला : सदरमुकाम खलंगास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल अभाव भएको छ।डिपो कार्यालयमा चामलको आयात कम भएसँगै अभाव भएको हो। चामल कम भएसँगै सर्वसधारणका लागि केही समयसम्म वितरण स्थगित गरिएको कार्यालय प्रमुख निर्मल विष्टले जानकारी दिए। आर्थिक वर्ष २०७९/८० मा डिपो कार्यालयका लागि प्राप्त आठ हजार१४७ क्विन्टल चामलको कोटा रहेको थियो। अहिले डिपोमा ९५९ क्विन्टल मात्रै मौज्दात रहेको छ। मौज्दात रहेको चामलमध्ये अति आवश्यकका लागि बाहेक अरूलाई वितरण गर्न नसक्ने कार्यालय प्रमुख विष्

दसैँको मुखमा चामल बिक्री बन्द

सुर्खेत – खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा चामल बिक्री नै बन्द गरेको छ । चामल नभएको भन्दै जिल्लामा शाखासँगै गाउँमा रहेका डिपोमा चामल बिक्री, वितरण बन्द गरिएको हो । दसैँको लागि भन्दै सर्वसाधारण डिपो तथा शाखा कार्यालयमा चामलका लागि पुगे पनि रित्तो हात फर्कने गरेका छन् । अहिले आपत्कालीन समयमा भन्दै मौज्दात रहेको ७० क्विन्टल […]

दशैँ लागेपछि हुम्लामा चामल बिक्री नै बन्द

सुर्खेत : कर्णालीका सात जिल्लामा सहुलियत मूल्यका पसल सञ्चालन गरी चामल बिक्री गरिरहेको खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा भने बिक्री बन्द गरेको छ।चामल नभएको भन्दै जिल्लामा शाखासँगै गाउँमा रहेका डिपोमा चामल बिक्री बन्द गरिएको हो। दशैंँको लागि भन्दै सर्वसाधारण डिपो तथा शाखा कार्यालयमा चामलका लागि गएपनि रित्तो हात फर्किने गरेका छन्। अहिले आपत्कालीन समयमा भन्दै मौज्दात रहेको ७० क्विन्टल चामल शाखामा राखिएको छ।कम्पनीले आइतबार सार्वजनिक सूचना जारी गरी अति आवश्यक काममा मात्र प्रमुख जिल्ला अधिकारीको

दसैंको मुखमा चामल बिक्री बन्द

खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा चामल बिक्री नै बन्द गरेको छ । चामल नभएको भन्दै सुर्खेतमा शाखासँगै गाउँमा रहेका डिपोमा चामल बिक्री, वितरण बन्द गरिएको हो । दसैँको लागि भन्दै सर्वसाधारण डिपो तथा शाखा कार्यालयमा चामलका लागि पुगे पनि रित्तो हात फर्कने गरेका छन् । अहिले आपत्कालीन समयमा भन्दै मौज्दात रहेको ७० क्विन्टल चामल शाखामा राखिएको छ ।कम्पनीले आइतबार सार्वजनिक सूचना जारी गरी अति आवश्यक काममा मात्र प्रमुख जिल्ला अधिकारीको सिफारिसबाट चामल वितरण गरिने बताइएको भए पनि अहिले चामल अपुग भएक

मुगुमा हप्तामा एक दिन मात्र चामल वितरण

सुर्खेत : डिपोमा आवश्यक चामल नभएपछि मुगुमा हप्तामा एक दिन मात्र चामल वितरण गरिन थालेको छ।हप्तामा एक दिन मात्र खाद्यान्न वितरण गर्ने नीति अनुसार आइतबार १२० क्विन्टल चामल वितरण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुले जानकारी दिएको छ। विपद्, आगलागी जस्ता घटना भएमा आपत्‌कालीन र तत्काल राहत उपलब्ध गराउनुपर्ने नीति अनुसार राखिएको ८५० क्विन्टल चामल अहिले वितरण गर्न लागिएको हो। गरिब र विपन्नको समस्यालाई मद्देनजर गर्दे खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उक्त चामल वितरणको व्यवस्था मिलाएको हो

सिर्दिबास डिपोमा चामल ढुवानी

उत्तरी गोरखाको सिर्दिवास डिपोमा दुई हजार क्विन्टल चामल ढुवानी भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाबाट स्वीकृत उक्त परिमाणको खाद्यान्न ढुवानी सकिएको कम्पनीका सूचना अधिकारी शिव सुनारले बताए ।

हेलिकप्टरमार्फत सिर्दिबास पुर्‍याइयो १५० क्विन्टल चामल

असार २७, गोरखा । सडक मार्ग र खच्चडबाट समेत ढुवानी सम्भव नभएपछि उत्तरी गोरखाको सिर्दिबासमा हेलिकप्टरबाट १५० क्विन्टल चामल पुर्‍याइएको छ । बाढीपहिराका कारण सदरमुकामसम्म जोडिने सडक तथा पैदल मार्गसमेत अवरुद्ध भएपछि ती क्षेत्रमा खाद्यान्न लगिइएको हो । खाद्य तथा व्यापार कम्पनी लिमिटेडले नेपाली सेनाको हेलिकप्टरमार्फत चामल ढुवानी गरेको लिमिटेडका सूचना अधिकारी शिव सुनारले जानकारी दिए । उनका अनुसार अनुदानका चामल सिर्दिबास पुर्‍याइएको हो । प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलका समन्वयमा दुई दिन लगाएर शनिवार साँझसम्ममा चामल सिर्दिबास डिपोमा पुर्‍याइएको उनले बताए । जिल्लाको चुमनुव्री गाउँपालिका क्षेत्रमा पर्ने सिर्दिबास डिपोबाट सर्दीबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक र ल्हो क्षेत्रका बासिन्दलाई सहुलियतमा चामल उपलब्ध गराइँदै आइएको छ । ‘बाढीपहिरोले सडक मार्ग मात्र होइन खच्चड हिँड्न सक्ने समेत बाटो नभएपछि जिल्ला प्रशासन कार्यालयका पहलमा सेनाको हेलिकप्टर मगाइ दुई दिन गरेर चामल पठाइएको छ’, सूचना अधिकारी सुनारले भने, ‘मौसम खराबीका कारण भनेको समयमा हेलिकप्टर आउन नसक्दा असार २३ गतेपछि दोस्रो पटक शनिवार थप चामल सिर्दिबास पुर्‍याउन सम्भव भएको हो ।’ पहिलो पटक ८५ क्विन्टल र दोस्रो पटक ६५ क्विन्टल चामल डिपोमा पुर्‍याएर सुरक्षित भण्डारण गरिएको उनले बताए । कम्पनीले यस बर्ष सिर्दिबास डिपोमा तीन हजार ५०० क्विन्टल चामल ढुवानी गर्नुपर्नेमा गत जेठ अन्तिम सातादेखि नै अविरल वर्षा शुरु भएपछि चामल लैजान सकिएको थिएन । हेलिकप्टरमार्फत डिपोमा पुर्‍याइएको चामल अरुवा मन्सुली प्रतिकिलो ५० रुपैयाँ ३० पैसामा बिक्री गरिने सिर्दीबास डिपोले जानकारी दिएको छ । रासस

वर्षायाम कटाउन ९ हजार क्विन्टल चामल माग गर्दै बारेकोट गाउँपालिका

असार १०, जाजरकोट । वर्षायाममा सडक अवरुद्ध हुन सक्ने भन्दै बारेकोट गाउँपालिकाले नौ हजार क्विन्टल चामल माग गरेको छ ।  बारेकोटभित्रकै खाद्य उत्पादनले १२ महीना नपुग्ने हुँदा खाद्यान्न आयात गर्नुपर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । गाउँपालिकाले घाटस्थित डिपोमा पाँच हजार क्विन्टल र काउली डिपोमा चार हजार क्विन्टल चामल सहुलियतको चामल उपलब्ध गराउन खाद्य व्यवस्था तथा व्यापार कम्पनी जाजरकोटलाई आग्रह गरिएको अध्यक्ष शाहले बताए ।  बारेकोटमा अघिल्लो वर्ष गएको बाढी र पहिरोले व्यापक क्षति भएपछि यहाँका सर्वसाधारण समस्यामा पर्दै आएका छन् । खेतीयोग्य जमीनमा व्यापक क्षति हुँदा यो वर्ष उत्पादनमा समेत गिरावट आएको थियो ।  बारेकोट–४ का ७३ घरधुरी यो वर्षामा पनि अघिल्लो वर्ष वितरण गरिएका पाल टाँगेर सुरक्षित ठाउँमा बसिरहेका छन् । मकै लगाएको खेतबारीमा बाढीपहिरोले भारी क्षति गर्दा खाद्यान्न संकट परेको बारेकोट–५ का जनकबहादुर शाहीले बताए । यो वर्ष मात्र सडक सञ्जालमा जोडिएको बारेकोटमा वर्षायाममा पहिरो जाँदा तथा खोलामा पानी बढ्दा अवरुद्ध हुने गर्दछ । कच्ची कटान र कमजोर माटोको कारण बारेकोटको सडक सजिलै अवरुद्ध हुने गर्दछ । सडक अवरुद्ध हुनुअगावै बारेकोटमा खाद्यान्न ढुवानी कार्य पूरा गर्न गाउँपालिकाले आग्रह गरेको हो ।  त्यस्तै, अघिल्लो वर्ष छियाछिया भएको जमीन यो पटकको वर्षामा पनि जोखिम कायम रहेकाले सर्वसाधारणलाई सुरक्षित ठाउँमा बस्न गाउँपालिकाले आग्रह गरेको छ । बाढी  र पहिरोबाट हुनसक्ने क्षतिको उद्धारका लागि गाउँपालिकाले वीरेन्द्र हिमालय माध्यमिक विद्यालय लिम्सामा अस्थायी ब्यारेक निर्माण गरी २० जना सशस्त्र प्रहरी बलको उद्धार टोलीलाई राख्न पहल शुरु गरेको बताएको छ । जनताको जिउधनको सुरक्षाका साथै उद्धार तथा राहत वितरणमा सहजता ल्याउन अस्थायी ब्यारेक बनाई उच्च सतर्कताका साथ काम भइरहेको गाउँपालिकाले जानकारी दिएको छ । जिल्लाको दुर्गम गाउँपालिकामध्ये बारेकोट पनि एक हो । रासस

वर्षायाम कटाउन नौ हजार क्विन्टल चामल माग

वर्षायाममा सडक अवरुद्ध हुन सक्ने भन्दै बारेकोट गाउँपालिकाले नौ हजार क्विन्टल चामल माग गरेको छ । बारेकोटभित्रकै खाद्य उत्पादनले १२ महिना नपुग्ने हुँदा खाद्यान्न आयात गर्नुपर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । गाउँपालिकाले घाटस्थित डिपोमा पाँच हजार क्विन्टल र काउली डिपोमा चार हजार क्विन्टल च...