जुम्लामा ‘अति आवश्यक’का लागि बाहेक छैन चामल

जुम्ला : सदरमुकाम खलंगास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल अभाव भएको छ।डिपो कार्यालयमा चामलको आयात कम भएसँगै अभाव भएको हो। चामल कम भएसँगै सर्वसधारणका लागि केही समयसम्म वितरण स्थगित गरिएको कार्यालय प्रमुख निर्मल विष्टले जानकारी दिए। आर्थिक वर्ष २०७९/८० मा डिपो कार्यालयका लागि प्राप्त आठ हजार१४७ क्विन्टल चामलको कोटा रहेको थियो। अहिले डिपोमा ९५९ क्विन्टल मात्रै मौज्दात रहेको छ। मौज्दात रहेको चामलमध्ये अति आवश्यकका लागि बाहेक अरूलाई वितरण गर्न नसक्ने कार्यालय प्रमुख विष्

सम्बन्धित सामग्री

महँगियो आँटा, चामल

काठमाडौं, माघ १८। पछिल्लो चार महिनायता बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार कात्तिकयता आँटा प्रतिकेजी २५ रुपैयाँ र मैदा प्रतिकेजी २० रुपैयाँ बढेको छ । त्यसयता चामल पनि प्रतिकेजी १० रुपैयाँदेखि १८ रुपैयाँसम्म बढेको छ । सङ्घका अध्यक्ष पवित्र वज्राचार्यका अनुसार ठूला व्यापारीहरूले चामल, आँटा र मैदाको […]

वीरगञ्जको चामल गोदाममा प्रहरीको छापा, २ सय ८१ क्विन्टल चामल बरामद

वीरगञ्ज – प्रहरीले वीरगञ्जको चामल उधोगमा छापा मारी गरी भन्सार छली ल्याइएका अवैध चामल नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका- ११ रानीघाटमा रहेको चामल उधोगमा छापा मारेको थियो। भारतबाट भन्सार छली ल्याइएका बिभिन्न ब्राण्डका चामल भण्डारण गरी राखिएको आधारमा वडा प्रहरी कार्यालय वृत र सशस्त्र प्रहरी वल नेपाल हे.क्वा नं.१३ गण श्रीपुर वीरगञ्जको संयुक्त टोलीले […]

अवैध चामल बरामद

पर्सा – भारतबाट अवैधरूपमा नेपाल भित्रिएको चामल प्रहरीले बरामद गरेको छ । वीरगञ्ज महनागरपालिका–११ रानीघाटस्थित विभिन्न गोदाममा भण्डारण गरी राखिएको चामल आज प्रहरीले बरामद गरेको हो । राजस्व छली भित्र्याइएको चामल रानीघाटस्थित विभिन्न गोदाममा भण्डारण गरी बिक्री वितरण हँुदै आएको पूर्वसूचनाका आधारमा चारवटा गोदाममा छापा मार्दा पाँच सयभन्दा बढी बोरा भारतीय चामल बरामद भएको जिल्ला […]

दसैँको मुखमा चामल बिक्री बन्द

सुर्खेत – खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा चामल बिक्री नै बन्द गरेको छ । चामल नभएको भन्दै जिल्लामा शाखासँगै गाउँमा रहेका डिपोमा चामल बिक्री, वितरण बन्द गरिएको हो । दसैँको लागि भन्दै सर्वसाधारण डिपो तथा शाखा कार्यालयमा चामलका लागि पुगे पनि रित्तो हात फर्कने गरेका छन् । अहिले आपत्कालीन समयमा भन्दै मौज्दात रहेको ७० क्विन्टल […]

दसैंको मुखमा चामल बिक्री बन्द

खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा चामल बिक्री नै बन्द गरेको छ । चामल नभएको भन्दै सुर्खेतमा शाखासँगै गाउँमा रहेका डिपोमा चामल बिक्री, वितरण बन्द गरिएको हो । दसैँको लागि भन्दै सर्वसाधारण डिपो तथा शाखा कार्यालयमा चामलका लागि पुगे पनि रित्तो हात फर्कने गरेका छन् । अहिले आपत्कालीन समयमा भन्दै मौज्दात रहेको ७० क्विन्टल चामल शाखामा राखिएको छ ।कम्पनीले आइतबार सार्वजनिक सूचना जारी गरी अति आवश्यक काममा मात्र प्रमुख जिल्ला अधिकारीको सिफारिसबाट चामल वितरण गरिने बताइएको भए पनि अहिले चामल अपुग भएक

टेण्डर नपरेपछि चामल ढुवानी अन्योलमा

टेण्डर (बोलपत्र) नपरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले चामल ढुवानी गर्न सकेको छैन । दशैँलाई लक्षित गरी चामल ढुवानीका लागि कम्पनीले बोलपत्र आह्वान गरेको थियो । तर कसैले टेण्डर नहाल्दा चामल ढुवानी अन्योलमा छ ।  पुनः दोस्रोपटक बोलपत्र आह्वान गरेर चामल ढुवानी गर्ने तयारी रहेको कम्पनीका तुलसीपुर प्रमुख तुलसी सुनारले बताए । उनका अनुसार रुकुम पूर्व, रुकुमपश्चिम र डोल्पाको लिखुमा चामल ढुवानीका लागि पुनः बोलपत्र आह्वान गर्न लागिएको हो । “पुनः टेण्डर आह्वान गरी चामल ढुवानीका

मुगुमा हप्तामा एक दिन मात्र चामल वितरण

सुर्खेत : डिपोमा आवश्यक चामल नभएपछि मुगुमा हप्तामा एक दिन मात्र चामल वितरण गरिन थालेको छ।हप्तामा एक दिन मात्र खाद्यान्न वितरण गर्ने नीति अनुसार आइतबार १२० क्विन्टल चामल वितरण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुले जानकारी दिएको छ। विपद्, आगलागी जस्ता घटना भएमा आपत्‌कालीन र तत्काल राहत उपलब्ध गराउनुपर्ने नीति अनुसार राखिएको ८५० क्विन्टल चामल अहिले वितरण गर्न लागिएको हो। गरिब र विपन्नको समस्यालाई मद्देनजर गर्दे खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उक्त चामल वितरणको व्यवस्था मिलाएको हो

यसरी चिन्नुहोस् प्लास्टिकको चामल

प्लाष्टिकको चामलका बारेमा सामाजिक सञ्जाल, समाचार र अन्यत्रबाट सुन्नु, देख्नु भएको होला । प्लाष्टिकको चामल कतै आफैले किनिएको त छैन भनेर डर पनि लाग्ला । यस्तोमा प्लाष्टिकको चामल र सक्कली चामल कसरी छुट्याउने त ? सक्कली र नक्कली चामल उस्तै देखिन्छ । तर नक्कली चामल अर्थात प्लाष्टिकको चामल स्वास्थ्यकालागि निकै हानिकारक हुन्छ । प्लाष्टिकमा फ्याथालेट्स […]

कोल्टी र कवाडीमा चामल पर्याप्त

कालिकोट। जिल्लाको पूर्वी-उत्तरी भेगमा रहेको कोल्टी शाखा र बिक्री केन्द्र कवाडीमा चामलको मौज्दात पर्याप्त रहेको जनाएको छ । कोल्टी खाद्य संस्थानमा हाल एक हजार १०० क्‍विन्टल चामल रहेको शाखा प्रमुख नवीन आचार्यले बताए। थप ९० क्‍विन्टल चामल सुर्खेतबाट आइसकेकाले निषेद्याज्ञामा पनि कोल्टीमा खाद्य अभाव नहुने प्रमुख आचार्यले बताए। यस्तै कवाडी खाद्य डिपोमासमेत चामल मौज्दात रहेको बताइएको छ।

गोदामको मौज्दात चामल सकियो

बाजुरा। कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला बाजुरा सदरमुकाममा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा मौज्दात रहेको चामल सकिएको छ। महामारीको कहरमा निषेधाज्ञामा चामल बिक्रीदर दैनिकरुपमा बढ्दै गएपछि कम्पनीमा चामल सकिएको कम्पनीका प्रमुख मेघराज ओझाले बताए। कम्पनीमा रहेको चार हजार ८०० क्‍विन्टल चामल बिक्री भइसकेको छ। सदरमुकाम आउने सडकको अवस्था राम्रो नभएकाले ठेकेदारले चामल ढुवानी गर्न नसकेको ओझाको भनाइ छ।