स्वरूप फेर्दै वाल्मीकि विद्यापीठ

“गणेशको आकृति त दुरुस्तै बनेको छ । व्यासको चाहिँ अलि मिलिसकेको छैन”, अध्यापक र विद्यार्थी परिसरमा उभिएर दङ्ग पर्दै भलाकुसारी गर्दैछन् । वाल्मीकि विद्यापीठ (क्याम्पस) परिसरका भित्तामा कला–मजदूरहरूले रङगरोगनसहित चित्र कोर्ने काम गरिरहेका छन् । सरस्वती र बुद्धको चित्र पनि कोरिँदैछ । विगतमा कच्ची सडकजस्तो देखिने क्याम्पसको परिसर अहिले ब्लक राखेर ढलान गरिएको छ भने …

सम्बन्धित सामग्री

कस्तो छ यस वर्षको ग्रहयोग?

काठमाडौं : शुक्रवारदेखि नयाँवर्ष २०८० सुरुआत भएको छ। नववर्ष २०८० मा राजनीतिक क्षेत्रमा असहिष्णुता र उग्रता बढ्ने ग्रहयोग देखिएको वाल्मीकि विद्यापीठ फलित ज्योतिषका सहप्राध्यापक डा माधवप्रसाद पाण्डेय बताउँछन्। प्रतिस्पर्धात्मक राजनीतिमा मात्र नभई राज्य व्यवस्था सञ्चालनमा समेत असहिष्णु र उग्र प्रवृत्ति देखा पर्ने भएको पाण्डेय बताउँछन्। नयाँ वर्षको पहिलो महिना वैशाखमा…

आज कुकुर तिहार, कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा दिएर मनाइदै

नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ […]

आज नरक चतुर्दशी, कुकुर तिहार

काठमाडौं – नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ […]

आज कुकुर तिहार : कुकुरलाई पूजासहित मीठा खानेकुरा खान दिएर मनाइँदै

काठमाण्डौ – तिहारको तेस्रो दिन आज कुकुरलाई पूजासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवम् वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराईले नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउनुभयो । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका ...

के हो महाअष्टमीको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधान ?

नवरात्रि अन्तर्गतको आज आठौँ दिन हो । आश्विन शुक्ल अष्टमी अर्थात् महाअष्टमी पर्वको पनि शास्त्रीय विधिविधान तोकिएको छ । नवरात्रिभरि गरिने दुर्गा भवानीको पूजाअर्चना अन्तर्गत महाअष्टमीको धार्मिक, शास्त्रीय मान्यतासँगै विधिविधान सम्बन्धमा प्रा.डा. देवमणि भट्टराईले चर्चा गरेका छन् ।प्रस्तुत छ, नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्रा.डा. भट्टराईको भिडियो सामग्री

सात वर्षदेखि असरल्ल पुस्तकालय

काठमाडौं, असार १९। प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ (क्याम्पस)को पुस्तकालय भवनको बाहिरी भित्तामा लेखिएको छ– प्रज्ञानेत्रो लोकः । अर्थात् विश्वलाई हेर्ने आँखा ज्ञान हो । तर ज्ञानलाई भण्डार गरी राखिएको पुस्तकालयमा सात वर्षदेखि अध्येता प्रवेश गर्न पाएका छैनन् । २०३० सालमा निर्माण भएको पुस्तकालय भवन निकै जीर्ण छ । भित्ता चर्किएका छन् । प्लास्टर उप्किएको छ । […]

परीक्षामा २० अङ्क सित्तैमा !

टेलिस्कोप बिग्रिएपछि वाल्मीकि विद्यापीठ (वाल्मीकि क्याम्पस)का विद्यार्थीलाई प्रयोगात्मक परीक्षा नलिइकनै अङ्क प्रदान गर्ने गरिएको छ । स्नातक र स्नातकोत्तर तहमा खगोल ज्योतिष विषयका विद्यार्थीले वेधशालामा रहेको टेलिस्कोप प्रयोग गर्न पाउँदैनन् तर वार्षिक परीक्षामा २० अङ्क सित्तैमा पाउने गरेका छन् ।विद्यापीठका खगोल ज्योतिष विषयका डा. सहप्राध्यापक जयन्त आचार्यले विद्यार्थीलाई टेलिस्कोपको प्रयोग गर्न लगाई प्रयोगात्मक परीक्षा लिनुपर्नेमा कहिल्यै पनि त्यस्तो अवसर प्राप्त हुन नसकेको गुनासो गरे । उनल

आज विश्व संस्कृत दिवस मनाइँदै

काठमाण्डाै - आज विश्व संस्कृत दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै छ । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ सालदेखि विश्व संस्कृत दिवस मनाउन थालिएको हो ।   नेपालमा चौथो विश्व संस्कृत दिवसको मूल समारोह वाल्मीकि विद्यापीठ, प्रदर्शनी मार्ग, काठमाण्डाैमा आयोजना गरिएको छ । तर, कोरोनाको महामारीका कारण यसपालि सीमित व्यक्तिहरुको उपस्थितिमा  कार्यक्रम हुने छ । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरि स्वास्थ्य सुरक्षाका विधि अपनाएर दिवस मनाउने तयारी गरिएको मूल समारोह समितिले जन...

स्मार्ट कक्षा चलाउँदै वाल्मीकि विद्यापीठ

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका बेला विद्युतीय कक्षामा सहभागी हुन नसक्ने प्राध्यापक एवं विद्यार्थीका लागि वाल्मीकि विद्यापीठले स्मार्ट कक्षा निर्माण शुरु गरेको छ । पहिलो चरणको कोरोनाबाट बच्न २०७६ साल चैत ११ गते बन्दाबन्दी जारी गरिएदेखि नै विद्यापीठले विद्युतीय कक्षा शुरु गरेको थियो । विद्युतीय कक्षामा भौतिक कक्षामा भन्दा ४० प्रतिशत कम विद्यार्थी सहभागी भएपछि विद्यापीठमा स्मार्ट कक्षा निर्माण शुरु गरिएको प्राचार्य भागवत ढकालले जानकारी दिए। विद्यापीठका ६० प्रतिशत विद्यार्थीले भने नियमितरुपम...