शान्तिपूर्ण वातावरणमा निर्वाचन भएको भन्दै प्रधानमन्त्री देउवाद्वारा मतदातालाई धन्यवाद

काठमाडौँ– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा सम्पन्न भएको भन्दै मतदातालाई धन्यवाद दिएका छन् । उनले भनेका छन् ‘प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। यसका लागि निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु ।साथै […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाद्वारा एकीकृत समाजवादीका मन्त्री फेर्न अस्वीकार

बजेटको विषयमा संसद्मा छलफल चल्दै गर्दा सम्बन्धित मन्त्रीलाई परिवर्तन गर्नु उचित नहुने भन्दै एकीकृत समाजवादीका मन्त्रीहरूले प्रधानमन्त्री देउवालाई सोमबार भेटेर आग्रह गरेका थिए ।

प्रधानमन्त्री देउवाद्वारा बिमस्टेकको शिखर सम्मेलनलाई सम्बोधन

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले गरिबी, जलवायु परिवर्तन, सूचना प्रविधिको पहुँचको असमानता र महामारीको सबै मिलेर सामना गर्नुपर्ने बताउनुभएको छ ।  श्रीलङ्काको कोलम्बुमा सुरु भएको आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौँ शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दैै देउवाले अहिले विश्वले एकै साथ ठूला–ठूला जटिल चुनौतीको सामना गर्नुपरेको भन्दै मित्र राष्ट्रहरूले सहयोग र एकताको आधारमा काम गरेमा मात्रै यस्ता सङ्कटलाई पार लगाउन सकिने बताउनुभएको परराष्ट्र मन्त्रालय...

प्रधानमन्त्री देउवाद्वारा प्रतिप्रश्न : भारतले विद्युत् किनिदिएन भने के गर्ने ?

कात्तिक ३०, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा उत्पादित ऊर्जा देशभित्रै खपतको वातावरण बनाउन  आवश्यक रहेको बताउनुभएको छ । मंगलवार राजधानीमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादक संघ(इपान) को १९औं र २०औं वार्षिक साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उक्त कुरा बताउनुभयो । उहाँले भारतले नेपालको विद्युत् सँधै किन्छ भन्ने ग्यारेन्टी पनि नभएको समेत बताउनुभयो । ‘ मुलुकमा उत्पादित विद्युत् भारतले किन्दिएन भने के गर्ने ?  भारतले किन्छ भन्ने पनि छैन, त्यसैले देशभित्रको बिजुली देशभित्रै खपत गर्नुपर्छ,’ देउवाले भन्नुभयो, ‘भारतले पनि आफैं उत्पादन बढाउँदैछ ।’ उहाँले विद्युतीय चुल्हो र बस सञ्चालनका लागि उद्यमी, व्यवसायीहरूलाई सरकार प्रोत्साहन गर्न तयार रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीको प्रयोग गरी देशलाई नमूना बनाउनुपर्नेमा पनि जोड दिनुभयो । उहाँले तर भारतीय ठूला उद्योगहरु खनिज इन्धनमा निर्भर रहेकाले नेपालको बिजुलीले बजार पाउने सम्भावना पनि उत्तिकै रहेको बताउनुभयो । कोइलामा निर्भर रहेका भारतीय कम्पनीले नेपालको बिजुली किन्न सक्ने उहाँको भनाइ थियो । जलवायु परिवर्तनको असर कम गर्न पनि जलविद्युतमार्फत स्वच्छ ऊर्जा उत्पादन र आन्तरिक खपत वृद्धिका लगानी बढाउनुपर्ने दिनुपर्ने प्रधननमन्त्री देउवाको भनाइ थियो । त्यसका लागि जलविद्युतका लगानीकर्तालाई सरकारले थप सहुलियत दिन तयार रहेको देउवाले बताउनुभयो । उहाँले ग्यास चुल्होको सट्टामा विद्युतीय चुल्हो हुनसक्छ भन्दै ब्याट्रीबाट चल्ने गाडीहरु प्रयोग गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो । पेट्रोलियम पदार्थबाट चल्ने सवारीका कारण काठमाडौंमा धुँवा नै धुवाँ भएको भन्दै उहाँले विद्युतीय बस र गाडीहरु चलाउन लाग्नुपर्ने बताउनुभयो ।  ‘ठूला देशहरुले खनिज इन्धनको उच्च खपत गरिरहेका छन्, यसका कारण जलवायु परिवर्तन भएर हिमालहरु नांगो हुन बेर छैन, त्यसैले हामी हाइड्रोमै जानुपर्छ,’ उहाँले भन्नुभयो, ‘हामीले शुरुआत गर्न सक्छौं, नेपाल नमूना पनि बन्नसक्छ ।’ प्रधानमन्त्री देउवाले जलविद्युतको लाइसेन्स मात्रै लिने र काम नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने पनि बताउनुभयो । कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले निजी क्षेत्रको मागबमोजिम निजी क्षेत्रलाई पनि विद्युत् व्यापारको अनुमति दिन सरकार तयार रहेको बताइन्। मन्त्री भुसालले नेपालमा विद्युत् उत्पादनको तुलनामा विद्युतको माग र खपत बढ्न नसकेको कारणले उत्पादित विद्युत् खेर गइरहेको बताइन्।  भारतबाट अनुमति पाएपछि विद्युत् प्राधिकरणले करीब दुई सातादेखि भारततर्फ विद्युत् निर्यात गर्न शुरू गरिरहेको छ । पहिलो चरणमा प्राधिकरणले ३९ मेगावाट विद्युत् भारतीय खुला बजारमा बेच्न लागेको हो । ढल्केवर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत उक्त विद्युत् भारततर्फ पठाइएको छ । प्राधिकरणकै स्वामित्वका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय खुला बजारमा विक्री गरिएको छ । यो पनि हेर्नुस् : भारतमा नेपाली बिजुलीको मूल्य प्रतियुनिट ३२ रुपैयाँसम्म भारतमा बिजुली विक्रीका लागि निजीक्षेत्रलाई पनि प्रवेश गराउन माग विद्युत् व्यापारमा ऐतिहासिक निर्णय : नेपाललाई भारतीय बजारमा बिजुली बेच्न अनुमति

मन्त्री हमालको राजीनामा प्रधानमन्त्री देउवाद्वारा स्वीकृत

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्री देउवाले हमालको राजीनामा स्वीकृत गरेका छन्।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट मन्त्री नियुक्त भएको भन्दै विवादमा मुछिएपछि हमालले आज बिहान प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएका थिए।प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हमालको राजीनामा स्वीकृत गरेको सचिवालयले जनाएको छ। ‘मन्त्री हमालको राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गर्नुभएको छ।’ सचिवालयक

प्रधानमन्त्री देउवाद्वारा पर्वतमा निर्मित बीपी स्मृति भवन उद्घाटन

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पर्वत सदरमुकाम कुश्माबजारमा सम्पन्न बीपी स्मृति भवनको उद्घाटन गरेका छन् ।नेपाली कांग्रेस पर्वतले स्थापना गरेको कार्यालयको आज बिहान भर्चुअल (जुम) माध्यममार्फत उद्घाटन गरेका हुन् । सो अवसरमा बीपी स्मृति भवन निर्माण गरेकोमा पर्वतवासी कार्यकर्ताहरुलाई धन्यवाद समेत दिए । उनले सवै जिल्लामा कार्यालय भवनहरु निर्माण हुने क्रम भइरहेको भन्दै […]

प्रधानमन्त्री देउवाद्वारा जेबी टुहुरेकाे निधनप्रति दुःख व्यक्त

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले जनवादी गायक जुठबहादुर खड्गी (जेबी टुहुरे) को निधनप्रति दुसख व्यक्त गर्नुएको छ ।  कलाकार टुहुरेको निधनको खबरले निकै स्तब्ध बनाएको भन्दै प्रधानमन्त्री देउवाले उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।    — Sher Bahadur Deuba (@SherBDeuba) August 26, 2021 मस्तिष्कघातका कारण वयोधा अस्पतालमा उपचार गराइरहनुभएका टुहुरेकाे आज निधन भएको हो । उहाँकाे ७८ वर्षकाे उमेरमा निधन भएकाे हाे ।  ज...

प्रधानमन्त्री देउवाद्वारा ज्यापु समाजको ज्येष्ठ नागरिक भवन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज ललितपुर महानगरपालिका–४, बागडोलमा नवनिर्मित ज्यापु समाजको ज्येष्ठ नागरिक आनन्द निकेतन भवनको उद्घाटन गरेका छन् । उनले वृद्धावस्थामा कोही पनि वृद्धाश्रममा बस्नुपर्ने परिस्थिति उत्पन्न नहोस् भन्दै यदि त्यस्तो स्थिति आएमा ज्येष्ठ नागरिकहरूलाई उचित सुविधाको व्यवस्था गर्न सरकारले सक्दो सहयोग गर्ने बताए । प्रधानमन्त्री देउवाले भने, “ज्येष्ठ...

प्रधानमन्त्री देउवाद्वारा ज्येष्ठ नागरिक भवन उद्घाटन

कोही पनि वृद्धाश्रममा बस्नुपर्ने परिस्थिति उत्पन्न नहोस् भन्दै प्रधानमन्त्री देउवाले यदि त्यस्तो स्थिति आएमा ज्येष्ठ नागरिकहरूलाई उचित सुविधाको व्यवस्था गर्न सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।