काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले गरिबी, जलवायु परिवर्तन, सूचना प्रविधिको पहुँचको असमानता र महामारीको सबै मिलेर सामना गर्नुपर्ने बताउनुभएको छ ।
श्रीलङ्काको कोलम्बुमा सुरु भएको आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौँ शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दैै देउवाले अहिले विश्वले एकै साथ ठूला–ठूला जटिल चुनौतीको सामना गर्नुपरेको भन्दै मित्र राष्ट्रहरूले सहयोग र एकताको आधारमा काम गरेमा मात्रै यस्ता सङ्कटलाई पार लगाउन सकिने बताउनुभएको परराष्ट्र मन्त्रालय...