‘गाउँठाउँको विकास र परिवर्तनका लागि भनेरै भोट हाल्ने हो, तर के गर्नु ! भोट त मताधिकारको प्रयोग गर्नुमात्रै रैछ,’ आइतबार बिहान ९ बजेतिर सुर्खेत, वीरेन्द्रनगरको जनमावि विद्यालयको प्राङ्गणमा भेटिएका वीरेन्द्रनगर नगरपालिका–६ का दलबहादुर दमाई (७० वर्ष) ले निराश हुँदै आफ्नो गुनासो सुनाए ।उनले पञ्चायतकालदेखि नै मताधिकार प्रयोग गर्दै आएको सुनाए । तर भोट हालेर आफ्नो कर्तव्य निर्वाह गर्नुबाहेक कुनै आशा नरहेको उनले बताए । ‘भोट त पञ्चायतकालदेखि नै हाल्दै आएको हो नि,’ उनले रातोप