काठमाण्डाै – म्यानमारमा गएको बुधवार एकैदिन ३८ प्रदर्शनकारीको ज्यान गएको भोलिपल्ट बिहीवार पनि निकै ठूलो सङ्ख्या प्रदर्शनकारी सडकमा निस्किएका छन् ।
म्यानमारको सबैभन्दा ठूलो सहर याङ्गोनमा प्रदर्शनकारीहरुले सडकमा टायर, तारबारको ब्यारिकेड्स बनाएका छन् । प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर गर्न अशृग्यास र गोली चलाएको बीबीसीले जनाएको छ । यद्यपि अहिलेसम्म कसैलाई पनि क्षति नपुगेको बताइएको छ ।
प्रत्यक्षदर्शीहरूले याङ्गोनका साथै केन्द्रीय सहर मोन्यावामा पनि प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको बताएका छन् । साथै सञ्चार...