डायलाइसिस मेसिन आयो, प्राविधिक नभएपछि जडान भएन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ डायलाइसिस मेसिन दाङ पठायो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन दाङ आइसकेका छन् । साउन १३ गते डायलाइसिस मेसिन आएकोमा जडानको काम अगाडि बढेको छैन । जडान गर्न प्राविधिक नआएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका डायलाइसिस प्रमुख लीना बडेलले बताइन् ।मेसिन आएपनि अन्य सामग्री नआएको उनले बताइन् ।  रगत सफा गर्ने उपकरण आउनुपर्ने उनको भनाइ थियो । “मेसिन त आए, तर अन्य सामग्री आउनुपर्छ”, उन

सम्बन्धित सामग्री

कैदीबन्दीलाई राइस स्टीमर मेसिन

काठमाडौं,३ असार।बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले कारगारमा राइस स्टीमर मेसिन हस्तान्तरण गरेका छन्।उनले जिल्ला कारगार सिन्धुलीलाई ४ थान राइस स्टीमर मेसिन उपलब्ध गराएका हुन्।कारागारमा रहेका १ हजार कैदीबन्दिलाई दाउरा बालेर खाना बनाउन असहज भएको तथा स्वास्थ्यमा समेत समस्या हुने गुनासो आएपछि मेसिन उपलब्ध गराएका हुन्।जिल्लामा प्रभावकारी देखिए अन्यत्र पनि मेसिन उपलब्ध गराउने मन्त्री श्रेष्ठले जानकारी दिए।

डायलाइसिस मेसिन आयो तर जडान भएन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन दाङ आइसकेका छन्। साउन १३ गते डायलाइसिस मेसिन आएकोमा जडानको काम अगाडि बढेको छैन।

डायलायसिस मेसिन आयो, जडान भएन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ डायलायसिस मेसिन दाङ पठायो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन दाङ आइसकेका छन् । साउन १३ गते डायलायसिस मेसिन आएकोमा जडानको काम अगाडि बढेको छैन । जडान गर्न प्राविधिक नआएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका डायलायसिस प्रमुख लीना बडेलले बताए । मेसिन […]

दाङमा आए १८ डायलाइसिस मेसिन

दाङका लागि १८ ‘डायलाइसिस मेसिन’ आएका छन् । स्वास्थ्य जनसङ्ख्या मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका लागि १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन पठाएको हो । यसअघि प्रतिष्ठानमा पाँच डायलाइसिस मेसिनमात्र थिए भने प्रादेशिक अस्पतालमा पनि पाँचवटा मात्रै थिए ।सीमित मेसिन हुँदा मिर्गौलाका बिरामीले सास्ती खेप्नुपरेको थियो । लामो समय कुर्नुपर्ने तथा बाहिर सिफारिस गर्नुपर्ने अवस्था थियो । अब भने त्यो समस्या अन्त्य हुने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमि

पेट स्क्यान मेसिन र साइक्लोटोन उत्पादन गर्ने मेसिन खरिद गर्न ५० करोड

सरकारले क्यान्सर रोग पहिचान तथा निदानका लागि लागि आवश्यक पर्ने पेट स्क्यान मेसिन र साइक्लोटोन उत्पादन गर्ने मेसिन खरिद गर्न बजेट छुट्याएको छ।

डायलासिस मेसिन चलाउन पहल

मिर्गौलाको परीक्षणका लागि आवश्यक सो मेसिन धरानको रोटरी क्लबमार्फत एक वर्षअघि नै तीन वटा उपलब्ध भएका थियो। तर, दक्ष जनशक्ति र आर्थिक अभावमा सो मेसिन सञ्चालनमा आउन सकेको छैन।

करोडौंको मेसिन प्रयोगविहीन

सरकारी लगानीमा खरिद गरिएको डेढ करोड मूल्य बराबरको मेसिन भन्सार कार्यालय जमुनाहमा प्रयोगविहीन भएको छ। करिब पाँच वर्षअघि खरिद गरी ल्याइएको उक्त ब्याग एक्स–रे मेसिन सञ्चालनका लागि दक्ष जनशक्तिको अभावमा प्रयोगविहीन भएको हो।...

ज्यास्मिन हाईजीनको प्याड डिस्पोज मेसिन

ज्यास्मिन हाईजीनले प्याड डिस्पोज गर्ने सेफ्टी इनसिनेटर मेसिन ल्याएको छ । यसले एक दिनमा १०० प्याडसम्म डिस्पोज गर्ने कम्पनीले जनाएको छ । यो मेसिन विद्युत्बाट संचालित र प्रयोगकर्तामैत्री रहेको जनाइएको छ ।जब प्रयोगमा आउँदैन यो मेसिन स्वचालित रूपमा बन्द हुन्छ । यसमा खरानी सफा गर्ने ट्रे समेत समावेश रहेको जनाइएको छ । यसले ब्याक्टेरिया र […]

धौलागिरी अस्पतालमा पिसिआर मेसिन जडान

बाग्लुङ : धौलागिरी अस्पतालमा पिसिआर मेसिन जडान गरिएको छ। मेसिन जडानपछि कोरोना संक्रमण परीक्षणका लागि स्वाब पोखरा पठाउने समस्या हट्ने भएको हो।अस्पतालमा मेसिन जडान भए पनि सञ्चालन अनुमति भने पाएको छैन। केही दिनमै सञ्चालन गरिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बि पोखरेलले बताए।सरकारले बाग्लुङसहितका देशभरका १० वटा अस्पतालमा पिसिआर मेसिन जडान गर्ने निर्णय गरे पनि लामो समयसम्म प्रकृयागत झण्झटले मेसिन खरिद भएको थिएन। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएपछि मात्रै जडान भएको हो। बिही

पीसीआर मेसिन सञ्चालनमा आएन

महेन्द्रनगर-कोरोना भाइरस परीक्षणका लागि भीमदत्त नगरपालिकाले खरिद गरेर महाकाली अस्पताललाई हस्तान्तरण गरेको पीसीआर मेसिन सञ्चालनमा आउन सकेको छैन । मेसिन खरिद गरेको झण्डै ६ महिनासम्म पनि पीसीआर मेसिन सञ्चालनमा आउन नसकेको हो । पीसीआर मेसिन अस्पतालले पाएको ३ महिनापछि पनि सञ्चालनमा नआएर अस्पतामै थन्किएको छ ।जेठ महिनामै भीमदत्त नगरपालिकाले पीसीआर मेसिन खरिद गर्ने भनेर निर्णय […]